अवैध लागू औषधसहित एक जना पक्राउ
बिहीबार, २८ चैत २०८१, ०८ : ४९
उदयपुर । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित १ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बुधबार बेलका नगरपालिका–९ भचुवा स्थितबाट सोही स्थान बस्ने वर्ष २१ को दिवस विकको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २४० मिलिग्राम फेलापारि उक्त लागू औषधसहित निजलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका विकलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण