आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय
खेलकुद

कुशलले तोडे दीपेन्द्रको रेकर्ड

बिहीबार, २८ चैत २०८१, ०९ : ३९
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । नेपालका प्रभावशाली ओपनर कुशल भुर्तेलले हङकङमा जारी चार देशीय टी–२० शृंखलामा नयाँ रेकर्ड बनाउन सफल भएका छन् । बिहीबार कुवेतविरुद्धको प्रतियोगिताको तेस्रो खेलमा भुर्तेल अर्धशतक बनाउँदै सो रेकर्ड बनाएका हुन् ।

ईएसपीएन क्रिकइन्फोको तथ्यांक अनुसार उनले दीपेन्द्र सिंह ऐरीलाई उछिन्दै टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी बनेका हुन् । 

५५ खेलमा भुर्तेलले १० वटा अर्धशतक बनाएका छन् । उनको नाममा एउटा शतक पनि रहेको छ । उनले १०४ रन बनाएका थिए, जुन उनको उच्च स्कोर पनि हो ।

यता, दीपेन्द्रले ७६ खेलमा ९ अर्धशतक बनाएका छन् । तेस्रो स्थानमा कप्तान रोहितकुमार पौडेल रहेका छन् । उनले ६१ खेलबाट ७ अर्धशतक बनाएका छन् भने आसिफ शेखले ५६ खेलबाट ६ वटा अर्धशतक हिर्काएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप