खेलकुद
कुशलले तोडे दीपेन्द्रको रेकर्ड
बिहीबार, २८ चैत २०८१, ०९ : ३९
काठमाडौँ । नेपालका प्रभावशाली ओपनर कुशल भुर्तेलले हङकङमा जारी चार देशीय टी–२० शृंखलामा नयाँ रेकर्ड बनाउन सफल भएका छन् । बिहीबार कुवेतविरुद्धको प्रतियोगिताको तेस्रो खेलमा भुर्तेल अर्धशतक बनाउँदै सो रेकर्ड बनाएका हुन् ।
ईएसपीएन क्रिकइन्फोको तथ्यांक अनुसार उनले दीपेन्द्र सिंह ऐरीलाई उछिन्दै टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी बनेका हुन् ।
५५ खेलमा भुर्तेलले १० वटा अर्धशतक बनाएका छन् । उनको नाममा एउटा शतक पनि रहेको छ । उनले १०४ रन बनाएका थिए, जुन उनको उच्च स्कोर पनि हो ।
यता, दीपेन्द्रले ७६ खेलमा ९ अर्धशतक बनाएका छन् । तेस्रो स्थानमा कप्तान रोहितकुमार पौडेल रहेका छन् । उनले ६१ खेलबाट ७ अर्धशतक बनाएका छन् भने आसिफ शेखले ५६ खेलबाट ६ वटा अर्धशतक हिर्काएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण