विद्युत् अवरुद्ध हुँदा कर्णालीमा नेपाल टेलिकमको सेवा सञ्चालनमा कठिनाइ
सुर्खेत । कर्णालीमा विद्युत् आपूर्ति नहुँदा नेपाल टेलिकमको सेवाहरू सञ्चालन गर्न कठिनाइ भइरहेको छ । नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार बिहीबार बिहानदेखि केही स्थानका सेवाहरू सञ्चालन हुन सकेको छैन ।
बुधवार रातिको हावाहुरीले गर्दा कर्णालीमा रातिदेखि नै विद्युत् अवरुद्ध छ । विद्युत् प्राधिकरणका अनुसार हावाहुरी सहितको पानीको कारण कोहलपुर-सुर्खेत ३३ केभी र कुइने-बाबियाचौर-वीरेन्द्रनगर ३३ केभी दुबै खण्डमा समस्या आएको छ ।
विद्युत् आपुर्ति नहुँदा कतिपय स्थानका उपकरणहरु संचालनको लागि आवश्यक ब्याट्री पावर व्याकअप न्युन हुन गई कम्पनीको सेवाहरू अवरुद्ध हुन पुगेको टेलिकमका प्रादेशिक निर्देशक मधुसुदन दाहालले बताए।
कम्पनीले सम्भव भएसम्म Portable Generator मार्फत सेवा सञ्चालन गर्न हर प्रयास गरेको समेत उनले बताए । विद्युत् अवरुद्ध हुने बित्तिकै कर्णालीमा नेट, इन्टरनेटमा समेत समस्या आउने गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण