सडक विभागका पूर्वमहानिर्देशक खनालको भक्तपुरस्थित १७ कित्ता जग्गा जफत (कित्तासहित)
काठमाडौँ । सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुर कटुन्जेमा विभिन्न १७ कित्तामा रहेको ६५ आना ३ दाम जग्गा सरकारको नाममा ल्याइएको छ ।
अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ भदौ १२ गते दोषी ठहर गरेको थियो । सर्वोच्चले पूर्वमहानिर्देशक खनाललाई एक वर्ष तीन महिना कैद, एक करोड २१ लाख ५२ हजार ४४ रुपैयाँ जरिवाना र स्रोत नखुलेको उनको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । भक्तपुर कटुञ्जेमा विभिन्न १७ कित्तामा रहेको जग्गा गृह मन्त्रालय मातहतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग/सरकारको नाममा ल्याइएको हो ।
विभागका महानिर्देशक सुरेश पन्थीले खनालको विभिन्न १७ कित्तामा रहेको जग्गा सरकारको नाममा ल्याएर लालपुर्जा बनाइसकिएको बताए । ‘उहाँको भक्तपुरको कटुञ्जेमा रहेको सर्वोच्चको फैसला बमोजिम स्रोत नखुलेको जग्गा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग/सरकारको नाममा ल्याइएको छ । मिति २०७९ असार ३१ गते लालपुर्जा पनि विभागले प्राप्त गरिसकेको छ ।’
- सरकारले जफत गरेको १७ कित्ता जग्गाको विवरण

सरकारले सर्वोच्चले फैसला गरेको १० वर्षपछि जग्गा जफत गरेर आफ्नो नाममा ल्याएको हो ।
इन्जिनियर खनाल विभिन्न सडक आयोजनामा प्रमुख भएर काम गर्दै २०५६ साल कात्तिक १७ गतेदेखि २०५८ साल पुस २५ गतेसम्म विभागको महानिर्देशक भएका थिए । अकुत सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगले खनालको घरमा छापा हानी अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो ।
खनालको मुद्दा विशेष हुँदै सर्वोच्च पुगेर टुंगिएको थियो । आयोगले तीन करोड ९७ लाख ४० हजार सात रुपैयाँबराबरको सम्पत्ति जफतको माग गरी दायर गरेको मुद्दामा विशेष अदालतले २०६२ जेठ २० गते दोषी ठहर गरी एक वर्ष कैद र एक करोड २० लाख २३ हजार जरिवाना तथा स्रोत नखुलेको सम्पत्ति जफतको गर्ने फैसला गरेको थियो । त्यसविरुद्ध खनाल सर्वोच्च अदालतमा पुनरावलोकनमा गएका थिए । सर्वोच्चले विशेषको फैसलालाई सदर गर्दै खनाललाई दोषी ठहर गरेको थियो ।
खनाल सर्वोच्चले दोषी ठहर गर्दै कैदसमेतको फैसला गरेपछि फैसला आएको १० दिनमा भदौ २१ गते आफैं काठमाडौँ जिल्ला अदालतमा जरिवाना र बिगोबमोजिमको रकम बुझाई कैद भुक्तानका लागि डिल्लीबजारस्थित सदर खोर गएका थिए ।
- खनाल र परिवारका नाममा रहेको सेयर र नगद पनि जफत
सडक विभागका पूर्वमहानिर्देशक खनालको विभिन्न बैँकको सेयर र विभिन्न बैँक तथा फाइनान्सका खातामा रहेको पैसा समेत सरकारले जफत गरेको छ ।
उनीसहित उनकी श्रीमती पद्मा खनाल तथा छोराहरू अभिषेक खनाल र आभास खनालको सेयर र रकम पनि जफत भएको छ ।
खनालको स्टयाण्डर्ड चार्टडै बैँक लिमिटेडको खातामा रहेको एक लाख ७८ हजार दुई सय ३६ रुपैयाँ ७४ पैसा, नेपाल बैँक लिमिटेड धरानको खातामा रहेको तीन लाख १० हजार तीन सय १३ रूपैयाँ तीन पैसा, राष्ट्रिय वाणिज्य बैँक टंगालको खातामा रहेको दुई लाख दुई सय १६ रुपैयाँ २४ पैसा, नेपाल बैँक लिमिटेडको खातामा रहेको ५७ हजार छ सय ३७ रुपैयाँ ८७ पैसा, राष्ट्रिय वाणिज्य बैँक लिमिटेड धरानमा रहेको खाताको ८६ हजार छ सय ६१ रुपैयाँ ७६ पैसा र नेपाल बैँक लिमिटेड सिटी अफिसमा रहेको खाताको ४१ हजार नौ सय ९७ रुपैयाँ २१ पैसा जफत भएको महानिर्देशक पन्थीले जानकारी दिए । त्यस्तै उनको एस फाइनान्स कम्पनी लि. कान्तिपथमा रहेको २५ हजार ९७६ रुपैयाँ ५७ पैसा पनि जफत भएको छ ।

त्यस्तै उनकी श्रीमती पद्माको स्ट्याण्डर्ड चाटर्ड बैँक लिमिटेडमा रहेको एक लाख ५ हजार १८ रुपैयाँ ७० पैसा, राष्ट्रिय वाणिज्य बैँक टंगालमा रहेको दुई लाख २६ हजार ७ सय ४८ रुपैयाँ ४८ पैसा तथा सोही बैँकको धरान शाखामा रहेको एक लाख ९४ हजार चार सय ४२ रुपैयाँ २२ पैसा जफत गरिएको छ ।
छोरा अमितको राष्ट्रिय वाणिज्य बैँक टंगालमा रहेको एक लाख ७२ हजार ५५३ रुपैयाँ २३ पैसा जफत गरिएको छ भने अर्का छोरा आभासको राष्ट्रिय वाणिज्य बैँक टंगालमा रहेको एक लाख ९३ हजार २७८ रुपैयाँ ६९ पैसा र स्ट्याण्डर्ड चाटर्ड बैँकमा लिमिटेडमा रहेको एक लाख ३ हजार दुई ४७ रुपैयाँ ३९ पैसा जफत भएको छ ।

त्यस्तै पूर्वमहानिर्देशक खनालको डाउन डेभलपर्स कम्पनीको १७ हजार कित्ता सेयर, छोरा अमित र आभासको पनि १७/१७ हजार कित्ता सेयर जफत गरिएको महानिर्देशक पन्थीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण