ट्रम्प ट्यारिफबारे चीनको प्रतिक्रिया : हामी पछि हट्ने छैनौँ
बेइजिङ । हालैका दिनमा अमेरिका र चीनबिच ट्यारिफ युद्ध सुरु भएको छ । एकले अर्काको देशबाट आउने सामानमा अतिरिक्त भन्सार शुल्क लगाउने क्रम चर्किर्दै जाँदा यी दुई देशले बारम्बार ट्यारिफ वृद्धिको घोषणा गरेका छन् । यसै सन्दर्भमा चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सामाजिक सञ्जालमा चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वनेता माओत्सेतुङको पुरानो भिडियो पोस्ट गरेकी छन् ।
कोरियाली युद्धको समयको यस भिडियोमा माओले ‘हामी पछि हट्ने छैनौं’ भनेर भनेका छन् । यो भिडियोमा माओले अमेरिकालाई लक्षित गरेका थिए । ‘यो युद्ध जतिसुकै लामो समयसम्म चले पनि, हामी कहिल्यै झुक्ने छैनौँ’ भिडियोमा माओले भनेको सुनिन्छ ।
यही भिडियो शेयर गर्दै मन्त्रालयका प्रवक्ता माओले लेखेकी छन्, ‘हामी चिनियाँ हौं । हामी कसैले उक्साउँदैमा डराउँदैनौं । हामी पछि हट्ने छैनौं ।’ चीन र अमेरिका दुवैले एकअर्कामाथि भटाभट प्रतिकारात्मक अतिरिक्त भन्सार महसुल लगाइरहेका छन् । अहिलेसम्म अमेरिका र चीनबिच कुनै पनि प्रकारको सम्झौताको संकेत देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण