सुदूरपश्चिममा स्ववियु निर्वाचनः नेविसंघ पहिलो, अनेरास्ववियु दोस्रो
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका १४ आंगिक क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमध्ये १२ क्याम्पसको नतिजा सार्वजनिक भएको छ ।
तीमध्ये सात क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जित हासिल गर्दै अग्रस्थान बनाउँदा अनेरास्ववियुले पाँच क्याम्पसमा विजय प्राप्त गरेको छ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले भने अहिलेसम्म कुनै क्याम्पसमा सफलता हासिल गर्न सकेको छैन ।
कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघका भुवन महरा ४४१ मतसहित दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी संयुक्त अखिल प्यानलका बमबहादुर विश्वकर्माले ३७८ मत प्राप्त गरे । सचिव पदमा नेविसंघकी ज्योति साहु ४७४ मतसहित विजयी भइन् भने कोषाध्यक्षमा नेविसंघकी सोनिया शाह ४४५ मत ल्याएर निर्वाचित भइन् । दुर्गालक्ष्मी क्याम्पसमा नेविसंघविरुद्ध सबै गठबन्धन एकजुट भएर चुनाव लडेका थिए ।
बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीमा नेविसंघका रोशन भट्ट प्यानलसहित विजयी भएका छन् । भट्टले १०१ मत ल्याएर सभापतिमा निर्वाचित भए भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका उमेश बडूले ५० मत प्राप्त गरे । सचिव पदमा नेविसंघकी राधा बोहरा ८५ मतसहित विजयी भइन् भने कोषाध्यक्षमा नेविसंघकी मीना चन्द ९१ मत ल्याएर निर्वाचित भइन् ।
बैतडीकै मणिलेक क्याम्पसमा पनि नेविसंघ प्यानलसहित विजयी भएको छ । सभापतिमा नेपाल विद्यार्थी संघका मनोजदत्त ओझा ४८ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत प्राप्त गरे । सचिव पदमा नेविसंघका दर्शन नेगी ५३ मतसहित निर्वाचित भए भने कोषाध्यक्षमा नेविसंघकी पूजा चन्द ५२ मत ल्याएर विजयी भइन् ।
डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडामा पनि नेविसंघको प्यानल नै विजयी भएको छ । सभापतिमा प्रकाश अवस्थी १६७ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका भोज लोहारले १३२ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण