आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय
शिक्षक आन्दोलन

शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र

बिहीबार, २८ चैत २०८१, १८ : ३६
बिहीबार, २८ चैत २०८१

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाएको छ। महासङ्घको प्रतिनिधि मण्डलले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ध्यानाकर्षणका साथमा पुराना सहमतीहरु र  ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरुको २४ बुँदे सूची समेत बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्ग चित्र के हो ? त्यसमा प्रष्टता आवश्यक छ । 

साथै विगतका सहमती कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्री परिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन विलम्ब किन भएको हो ? यसको ठोस जवाफ खोजेको जनाएको छ ।

महासङ्घ र सरकारबिच वार्ताको वातावरण निर्माणमा यी विषयमा सरकारको तर्फबाट प्रष्टता आवश्यक भएको जनाएको छ ।

महासंघको प्रतिनिधिमण्डलमा महासचिव तुला बहादुर थापा, उपमहासचिव अर्थ मदनराज जोशी र नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावल रहेका छन्।

पाँच बजेबाट जारी भएको छलफल अहिलेसम्म चलिरहेको छ । छलफलमा महासंघको तर्फबाट ४ जना र मन्त्रालयको तर्फबाट शिक्षामन्त्री भट्टराई, शिक्षा सचिव डाक्टर दिपक काफ्ले र २ जना सहसचिव गरेर ४ जनाको सहभागीता रहेको छ। 

487709348_643275631952998_7825602271088113607_n487720724_24020067897584854_7104581221391659781_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप