तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
काठमाडौं । यही चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा आगजनी,तोडफोडमा संलग्न थप तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा रुपन्देही, बुटवल उपमहानगरपालिका ९, मिलन चोक घर भई हाल ललितपुर हात्तीवन बस्ने वर्ष ३१ को शिशिर जि.सी., कैलाली धनगढी उममहानगरपालिका २ का ६१ वर्षिय डण्डपाणी रेग्मी र सर्लाहीको मिर्चैया नगरपालिका वडा नम्बर ६ का ४६ वर्षिय मनोजकुमार सापकोटा रहेका छन् ।
तीनकुनेस्थित खुल्ला चौरमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा निजी तथा सार्वजनिक सम्पति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुई काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण