दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशुलाई बेपत्ता पारिएकाे छ। गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई अपहरणशैलीमा बेपत्ता पारिएको हो ।
उक्त शिशु तीन महिना अगाडि जन्मिएको हो । बमबहादुरका दाजु दीपक बुढाका अनुसार घरमा सबै सुकिसकेका थिए । घर पछाडिको रुखमा राखेको खरमा आगो लाग्यो । उक्त कुरा सुरुमा कसैलाई पत्तै थिएन ।
'माथिल्लो घरका मान्छेले देखेर खबर गरे' उनी भन्छन्, 'त्यसपछि बच्चाको आमा, बुबादेखि सबै जना आगो निभाउन गए ।' लगत्तै घरमा आउँदा बच्चा नभएको उनले बताए।
बच्चालाई लिनमा लागि कुनै समूहले खरमा आगो लगाएको र निभाउन गएको मौकामा बच्चा उठाएर भागेको उनको शंका छ । बेपत्ता पारिएको बच्चासँग अर्को छोरा पनि साथमा सुतेको थियो । आउँदा ठुलो बच्चा सुतिरहेकै भएपनि सानो बच्चा नभएको उनले बताए।
घटना लगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए । राति नै प्रहरी त्यहाँ पुगेर खोजतलास गर्दा कुनै क्लु पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख सुनिल दाहालले बताए ।
'अचम्म लाग्दो घटना भयो,' उनले भने, 'अहिले पुनः त्यहाँ प्रहरी परिचालन गरेको छु।' परिवारले बच्चा खोजी दिनका लागि सामाजिक सञ्जालदेखि प्रहरीमा आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण