दैलेखमा तीन महिने शिशु अपहरण: एक महिला पक्राउ
सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढा फेला परेकी छिन् ।
शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडा जङ्गलबाट प्रहरीले अन्दाजी २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ ।
जङ्गलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिएको महिला सोही ठाउँको सिरवल भन्ने ठाउँकी शर्मिला विष्ट हुन् । ‘बच्चाको अवस्था सामान्य छ,’ उनले भने, ‘बाँकी अनुसन्धानबाट खुल्ला ।’
यद्यपि ती महिलाले उक्त शिशु घरबाट आफूले नल्याएको बताएकी छन् ।
‘दुल्लुका तीन जना (पुरुष)ले बच्चा ल्याएका हुन्, मलाई चामुण्डाकै माथि डाँडामा दिएर उनीहरू भागेका हुन्,’ ती महिलाको भनाइ उदृत गर्दै स्थानीयले भने ।
साथै ती महिलाले खर, परालमा आफूले आगो नलगाएको पनि बताएकी छिन् । गएराति ९ बजेतिर सबै घरमा सुतेको अवस्थामा घर पछाडिको रुखमा राखेको खरमा आगो लागेको थियो । बमबहादुरको परिवारलाई माथिल्लो घरबाट खबर गरे । त्यसपछि बमबहादुरका श्रीमान्–श्रीमती छोरा, छोरीलाई सुतिरहेकै अवस्थामा घरमा छाडेर आगो निभाउन गए ।
‘उनीहरू घरमा आएर हेर्दा छोरी छैन,’ बमबहादुरका दाजु दीपकले भने, ‘खोजी कार्य गर्दा कतै भेटिएन । हामीले पराल,खरमा आगो लगाएर हामीलाई उता भुलाएर कोही व्यक्तिले लगेर भागेको शङ्का लाग्यो ।’ त्यसपछि ठाटीकाँध प्रहरीमा खबर गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण