एउटा यस्ता ‘किंग’ जसका थिए तीन खुट्टा, चार पैताला र दुई यौनाङ्ग
सन् १८८९ मे १८ तारिखमा रोसोलिनी सिसिलीस्थित १२ सन्तान भएको घरमा एक बालकको जन्म भयो । फ्रान्सेस्को ए.लेन्टिनीका तीनवटा खुट्टा, चारवटा पैताला र दुईवटा यौनाङ्ग थिए ।
लेन्टिनी आफ्नो जुम्ल्याहाको अंगसहित जन्मिएका थिए जुन उनको कम्मरमुनिको भागमा जोडिएको थियो । उनको दुई खुट्टा यथास्थानमा थिए तर उनको दायाँ भागको कम्मरबाट अर्को फूल साइज खुट्टा निस्किएको थियो । त्यही खुट्टाको घुँडा नजिकै अर्को सानो खुट्टा जोडिएको थियो ।
लेन्टिनी आठ वर्षको हुँदा उनको परिवार अमेरिका सर्यो । पछि उनले ‘द ग्रेट लेन्टिनी’ को रुपमा सर्कसमा ‘साइड शो बिजनेस’ मा प्रवेश गरे । उनले ३० वर्षको उमेरमा अमेरिकी नागरिकता पाए । ४० वर्षे आफ्नो सर्कस करियरमा उनले थुप्रै चर्चा बटुले । लेन्टिनीलाई उनका साथीहरुले यति सम्मान गर्दथे कि उनलाई ‘द किंग’ भन्ने गर्दथे ।
युवावस्थामा लेन्टिनीले आफ्ना तेस्रो खुट्टालाई सर्कसमा फुटबल हान्न प्रयोग गर्दथे । त्यसकारण उनको शोको नाम ‘तीनखुट्टे फुटबल खेलाडी’ राखिएको थियो । लेन्टिनी ६ वर्षको हुँदासम्म उनका दुई खुट्टाको लम्बाई फरक भइसकेका थिए । एउटाको लम्बाई ३९ इन्च थियो भने अर्कोको ३८ इन्च तर तेस्रो खुट्टाको लम्बाई भने ३६ इन्च थियो । अर्को सानो खुट्टाभने तेस्रो खुट्टाको घुँडासँगै झुण्डिएको थियो, जुन सानो थियो ।
युवावस्थामा उनको तेस्रो खुट्टा अन्य दुई खुट्टाभन्दा साना भए । उनले सन् १९०७ मा आफूभन्दा तीन वर्ष कान्छी थेरेसा मुर्रेसँग विवाह गरे । उनीहरुका तीन सन्तान भए ।
जब लेन्टिनीको र थेरेसाको सन् १९३५ मा सम्बन्धविच्छेद भयो तब उनले हेलेन सुपेसँग नयाँ जीवनको सुरुवात गरे ।
लेन्टिीनीको सन् १९६६ को सेप्टेम्बर २१ मा ७७ वर्षको उमेरमा फोक्सोमा समस्याका कारण मृत्यु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण