‘के घर के डेरा : घर नं २’ को टिजरमा प्रेम, वियोग र मानसिक यातना

काठमाडौँ । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक गरिएको छ ।
टिजरमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने लगायतले अटाएका छन् । टिजरमा आम नेपाली निम्न बर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा छ ।
काठमाडौंमा गाउँबाट आएर संघर्ष गर्ने आम नेपालीको संघर्षलाई टिजरले प्रतिनिधित्व गर्छ । पशुपतिको किनारमा रहेका दुई दुखी पात्रको कथा समेत टिजरले झल्काएको छ । पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा छ । ‘के घर के डेरा ः घर नं २’ जेठ २ बाट सार्वजनिक रिलिज हुँदैछ ।
फिल्ममा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।
फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन् ।
कृष्णबहादुर थापाको छायांकन रहेको फिल्मका निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् । फिल्मको कार्यकारी निर्माता युवराज कार्की रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलको मुख्य विमानस्थलमा कसले गर्यो मिसाइल हमला ?
-
सांसद माया राईको कार्यकालमा २ करोड ४० लाख हिनामिना
-
हेटौँडामा जमिनमुनि भासिएको गाडी अझै भेटिएन
-
खरबुजाको बियाँ खानुभएको छ ? यस्ता छन् फाइदा
-
राष्ट्रकवि घिमिरेका कविता वाचन गर्दै राष्ट्रपतिले भने, ‘स्रष्टालाई सम्मान गर्न समाज र सरकारले कन्जुस्याइँ गर्न हुन्न’
-
माओवादीको निष्कर्ष– हुलाकी मार्ग अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण