‘के घर के डेरा : घर नं २’ को टिजरमा प्रेम, वियोग र मानसिक यातना
काठमाडौँ । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक गरिएको छ ।
टिजरमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने लगायतले अटाएका छन् । टिजरमा आम नेपाली निम्न बर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा छ ।
काठमाडौंमा गाउँबाट आएर संघर्ष गर्ने आम नेपालीको संघर्षलाई टिजरले प्रतिनिधित्व गर्छ । पशुपतिको किनारमा रहेका दुई दुखी पात्रको कथा समेत टिजरले झल्काएको छ । पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा छ । ‘के घर के डेरा ः घर नं २’ जेठ २ बाट सार्वजनिक रिलिज हुँदैछ ।
फिल्ममा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।
फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन् ।
कृष्णबहादुर थापाको छायांकन रहेको फिल्मका निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् । फिल्मको कार्यकारी निर्माता युवराज कार्की रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण विधेयकमाथि राष्ट्रिय सभामा एमालेको विरोध, अर्थमन्त्री वाग्लेलाई झाँक्रीको चुनौती
-
संसद छलेर अध्यादेश ल्याएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको विरोध, विधेयक समितिमा पठाउन माग
-
महान्यायाधिवक्ता कार्यालयको निर्देशन : जेनजी आन्दोलनका मुद्दाको पेशी स्थगित गर्नू
-
नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोखिममा : अर्थमन्त्री
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण