बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

शुक्रबार, २९ चैत २०८१, २२ : ०५
शुक्रबार, २९ चैत २०८१

मोरङ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले हलेसी महादेव स्थान विकास समिति र बृहत्तर बराह क्षेत्र विकास समितिको अध्यक्ष नियुक्ति गरेको छ ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज साँझ बसेको बैठकले हलेसी महादेव स्थान विकास समितिको अध्यक्षमा हलेसी तुवाचुङ–७ का डिल्लीकुमार राई र बृहत्तर बराह क्षेत्र विकास समितिको अध्यक्षमा बराहक्षेत्र–४ सुनसरीका प्रकाश बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

त्यसैगरी, प्रदेश सरकारले पर्यटन वर्ष–२०८२ लाई सफल बनाउन प्रदेशअन्तर्गतका कार्यालय, सङ्घसंस्था, वित्तीय संस्था, विद्यालय र विश्वविद्यालयलगायत संस्थाको ‘लेटरप्याड’मा पर्यटन वर्षको लोगो साथै नारा लेख्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ । आजको बैठकले मालपोत तथा नापी कार्यालयको भौतिक संरचना सुधार गर्न रु दुई करोड २९ लाख बजेट बाँडफाँट गर्ने निर्णयसमेत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप