ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
शनिबार, ३० चैत २०८१, ०६ : २१
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले सेभियालाई हराएको छ । घरेलु मैदानमा भ्यालेन्सियाले सेभियाविरुद्ध १-० को जित निकाल्यो ।
भ्यालेन्सियालाई जिताउन एभी गुएराले निर्णायक गोल गरे । यो सँगै ला लिगामा ३१ औं चरणका खेल सुरु भएका छन् । अंक तालिकामा भ्यालेन्सिया १२ औं र सेभिया १३ औं स्थानमा छन् । यी दुबैको क्रमशः ३७ र ३६ अंक छ ।
शीर्ष स्थानको बार्सिलोनाको ६७ अंक हुँदा दोस्रो स्थानको रियाल मड्रिडको ६३ अंक छ । यस्तै, एटलेटिको मड्रिड ६० अंकसहित तेस्रो स्थानमा छ । यी शीर्ष तीन टोलीबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण