जसपा नेपाललाई अधिवेशनको चटारो
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाललाई अधिवेशनको चटारो परेको छ । जिल्ला समिति, भ्रातृसङ्गठन, पेसागत सङ्गठन, जातीय–सामुदायिक सङ्गठनको अधिवेशन र भेलामा पार्टी जुटेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रमुख बस्नेतका अनुसार केही जिल्ला समिति र भ्रातृसङ्गठनले अधिवेशन सम्पन्न गरिसकेका छन् भने कतिपय जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरी कार्य गरिरहेका छन् । जसअन्तर्गत जसपा नेपालले रौतहट र पर्सा जिल्ला समितिको अधिवेशन सम्पन्न गरेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेको रौतहटको गरुडामा आयोजित अधिवेशनबाट राजीव रञ्जनको अध्यक्षतमा जिल्ला कार्य समिति निर्वाचित भएको छ ।
त्यस्तै पार्टीका महासचिव एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत प्रमुख वक्ता रहेको पर्सा जिल्लाको अधिवेशनबाट रामनरेश प्रसाद यादवको अध्यक्षतामा जिल्ला कार्य समिति निर्वाचित भएको छ ।
जसपा नेपालले शुक्रबार बालकुमारीमा आयोजित भेलाले पञ्चराम तामाङको अध्यक्षतामा समाजवादी तामाङ संघ केन्द्रीय समिति गठन भएको छ । सो गठन भेलाामा पार्टी उपाध्यक्ष शिबलाल थापा मगरलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
पार्टीसम्बद्ध भ्रातृसङ्गठन समाजवादी विद्यार्थी युनियन नेपालको भैरहवामा सम्पन्न केन्द्रीय महाधिवशेनले मनिस यादवको अध्यक्षतामा केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ । त्यस्तै समाजवादी खस सङ्घ, समाजवादी मगर सङ्घले मातहत समितिको अधिवेशन गर्ने कार्य योजनाका लागि यस अघि नै भेला सम्पन्न गरिसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण