कोलम्बिया विश्वविद्यालयका विद्यार्थीलाई देश निकाला गर्न अमेरिकी अदालतको अनुमति
वासिङ्टन डिसी । एक अमेरिकी न्यायाधीशले ट्रम्प प्रशासनले कोलम्बिया विश्वविद्यालयका विद्यार्थी महमूद खलीललाई देश निकाला गर्न सक्ने फैसला गरेका छन्। अध्यागमन अदालतको निर्णयको अर्थ खलीललाई तुरुन्तै देशबाट निष्कासन गरिनेछ भन्ने चाहिँ होइन।
न्यायाधीशले खलीलका वकिलहरूलाई यस आदेशविरुद्ध अपिल गर्न अप्रिल २३ सम्मको समय दिएका छन्। प्यालेस्टाइनसमर्थक विरोध प्रदर्शनमा भूमिका खेलेको आरोपमा उनलाई गत महिना पक्राउ गरिएको थियो।
महमूद खलील मार्च ८ देखि लुइसियाना डिटेन्सन सेन्टरमा छन्। एउटा पत्रमा खलीलले आफ्नो गिरफ्तारी प्यालेस्टिनीहरूको अधिकारको लागि आवाज उठाएको परिणाम भएको बताएका छन्।
खलील संयुक्त राज्य अमेरिकाका कानुनी स्थायी बासिन्दा हुन् र उनी कुनै पनि अपराधको आरोपमा पक्राउ परेका छैनन्। यद्यपि, अमेरिकी सरकारले उनको देशमा उपस्थिति अमेरिकी विदेश नीतिको हित विपरीत भएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण