पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ? के भन्छन् वरिष्ठ अधिवक्ता भट्टराई ?
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउनुपर्नेमा संसदहरुले जोड दिएपछि यसको पक्ष र विपक्षमा तर्क राख्नेक्रम जारी छ । यसै क्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्वराजा शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् ।
पूर्वराजा शाहको उक्साहटमा चैत १५ गते तीनकुने घटना भएको भन्दै उनलाई संसदीय समितिमा बोलाउनुका साथै कारबाहीको दायरा ल्याउनुपर्ने आवाज उठ्न थालेपछि उनले सामाजिक सञ्जालमार्फत संसदीय अभ्यास, मूल्य, मान्यताका आधारमा त्यसो गर्न नमिल्ने बताएका हुन् ।
संसद्ले कार्यकारी अधिकार नभएको नागरिकलाई सिधै संसदमा बोलाउन नमिल्ने र त्यसो गरिएमा स्वयं संसदीय गरिमाको मूल्य मान्यतामा प्रश्न उठ्ने उनको भनाइ छ ।
उनी भन्छन्– 'किन कारबाही भएन बनेर प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्ले जबाफदेही बनाउन सक्छ तर एउटा नागरिकलाई सिधै संसदमा बोलाउन मिल्दैन । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण