आर्थिक संकटमा ‘आइरन म्यान २’ का खलनायक, भन्छन्–‘ममाथि करोडौँको ऋण छ’
न्युयोर्क । सन् २०१० को हलिउड फिल्म ‘आइरन म्यान २’ मा खलनायकको भूमिका निर्वाह गरेका अभिनेता मिकी राउर्कले आफ्नो करियरको बारेमा ठूलो खुलासा गरेका छन्। उनले आफूलाई कुनै पनि फिल्मको अफर नआएको र आर्थिक संकटको सामना गरिरहेको बताएका हुन्। यति मात्र होइन, उनलाई लाग्छ कि उनको अभिनय करियर पनि बर्बाद भएको छ।
हलिउड स्टार मिकी हाल रियालिटी शो ‘बिग ब्रदर’ मा देखिएका छन्। यस क्रममा उनले विगत केही वर्षदेखि आफूले असफलताको सामना गरिरहेको बताए। कोभिड महामारी र त्यसपछि सात महिनाको कलाकार हडताल पछि, उनीसँग आफ्नो बिल तिर्न समेत पैसा थिएन।
यस्तो अवस्थामा उनले बैंकबाट ५ लाख डलर ऋण लिए। त्यसपछि पनि जब उनलाई कतैबाट काम मिलेन, उनले ‘बिग ब्रदर’ कार्यक्रममा भाग लिनुपर्यो। मिकीले भने, ‘मेरो करियर पूर्ण रूपमा बर्बाद भयो। अब मलाई ए–लिस्ट फिल्महरूमा काम मिलिरहेको छैन। यसको लागि म आफूलाई पनि जिम्मेवार ठान्छु। मैले जीवनमा धेरै गल्ती गरेको छु, जसका कारण मैले मेरो आफ्नै जहाज डुबाए । यसको लागि म बाहेक अरू कोही दोषी छैन।’
उनले भने, ‘यद्यपि, म दोस्रो मौका पाउने आशामा छु। म चाहन्छु कि निर्देशकहरूले मलाई मेरो पुरानो नाम वा छविबाट होइन, आजको म जे छु त्यही रूपमा हेरुन्।’ सन् २००८ मा, मिकी राउर्कलाई फिल्म ‘द रेसलर’ को लागि ओस्करको लागि मनोनयन गरिएको थियो।
बिग ब्रदरको बारेमा कुरा गर्दै मिकीले आफूलाई शोको बारेमा केही थाहा नभएको बताए ।
‘बिग ब्रदर’ त्यही कार्यक्रम हो जसको ढाँचामा सलमान खानले आयोजना गर्ने ‘बिग बोस’ भारतमा सञ्चालन भइरहेको छ। सन् २००७ मा अभिनेत्री शिल्पा शेट्टीले यो कार्यक्रम जितेपछि भारतमा ‘बिग ब्रदर कार्यक्रम प्रसिद्ध भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण