ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
आइतबार, ३१ चैत २०८१, ०५ : ३१
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना उपाधि उन्मुख भएको छ । शनिबार राती भएको खेलमा लेगानेसलाई हराउँदै बार्सिलोनाले थन तीन अंक बटुल्दै दोस्रो स्थानको रियाल मड्रिडसँग अंक दुरी बढायो ।
लेगानेसविरुद्ध १-० को जित निकालेको बार्सिलोनाको ३१ खेलबाट ७० अंक भएको छ । एक खेल कम खेलेको रियाल मड्रिड ६३ अंक बटुल्दै दोस्रो स्थानमा छ ।
पछिल्ला खेलमा रियालले खराब प्रदर्शन गरेपछि बार्सिलोनाले लिड गरिरहेको हो । अहिले यी दुईबीच सात अंकको दुरी कायम भएको छ । अबका खेलमा पनि रियालले फितलो प्रर्दशन गरे बार्सिलोनाले उपाधि हत्याउने प्रबल संभावना छ ।
ला लिगा मै मलोर्काले रियाल सोसिडाडलाई २-०, लस पल्मसले गेटाफेलाई ३-१ र इस्पानियोलले सेल्टा भिगोलाई २-० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण