कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड
काठमाडौँ । कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड दिइएको छ । कृषि अनुसन्धान परिषद् (नार्क)ले कृषि अनुसन्धानबाट ‘विकसित प्रविधिहरूको प्रभावकारिता र व्यावसायिक किसानले भोग्नुपरेका समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
गोष्ठीमा बोल्दै नार्कका सदस्य डा.राजु कँडेलले किसानका समस्या र नार्कले विकसित गरेका प्रविधिहरूको बिचमा तालमेल मिल्नुपर्ने आवश्यकता रहेको बताए । उनले वैज्ञानिकहरूको किसानसँग प्रत्यक्ष संवादबाट प्रविधि प्रसारमा रहेका चुनौतीहरूको सामना गर्न र प्रविधि विकासका लागि आवश्यक विषय प्राप्त गर्न सजिलो हुने धारणा राखे ।
नार्कका प्रवक्ता एवम् राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले नार्कले विभिन्न कार्यालयमार्फत विकास गरेका प्रविधिहरूलाई गाउँमा विस्तार गरी उत्पादन वृद्धि र कृषि पर्यटनको विकासको लक्ष्य पूरा गर्न सहयोग पुग्ने धारणा राखे ।
सो गोष्ठीमा तनहुँ बरादीका २० जना किसानले आफूले अवलम्बन गरेका प्रविधिबाट उत्पादनमा भएको वृद्धि र बालीनालीका रोग, किरा, माटो, आर्थिक, पशु स्वास्थ्य, पशु आहारा लगायतका विषयमा वैज्ञानिकहरूसँग अन्तर्क्रिया गरेका थिए ।
वि.सं. २०७७ सालमा स्थापित नार्क प्रविधिले बरादी क्षेत्रको व्यावसायिक खेतीपातीको उत्थानमा सहयोग पुर्याइरहेको किसानको धारणा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण