पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज
लिमा । पेरुका राष्ट्रपति डिना बोलुआर्टेले गैरकानुनीरूपमा ‘रोलेक्सगेट’ घडी उपहार लिएको अभियोगमा संसदमा महाभियोग लगाउन गरेको तयारीलाई रोकेको छ । संसदीय छानबिन उप–समितिले उनले उक्त घडी गैरकानुनी रूपमा उपहार (घुस) लिएको भन्ने आरोपमा कुनै सत्यता नभएको तर उक्त घडी राष्ट्रपतिका साथीले पैसा तिर्नेगरी किनिदिएको ठहर गर्दै उनलाई भ्रष्टाचार आरोप र महाभियोगको सामना गर्नुपर्ने प्रस्तावबाट जोगाएको छ ।
यससँगै पेरुको कङ्ग्रेसले उनीविरूद्धको भ्रष्टाचारको अनुसन्धान रोकेको छ। उक्त आरोपमाथि सुनुवाई गर्दै उपसमितिले राष्ट्रपतिको गहिरो अलोकप्रियतालाई थप बिगार्न सक्ने उक्त मुद्दा खारेज गर्न शुक्रबार सिफारिस गरेको थियो । सन् २०२६ को जुलाईमा ६२ वर्षीया बोलुआर्टेले पद छोड्दा र राष्ट्रपतिको उन्मुक्ति गुमाउँदा उनीमाथिको यो मुद्दामा अझै पनि सफाई नहुन सक्छ ।
सन् २०२४ को मार्चमा राष्ट्रपतिसँग रहेको अघोषित महङ्गो रोलेक्स घडी र गहनाको भण्डार फेला परेपछि तथाकथित ‘रोलेक्सगेट स्क्यान्डल’ सुरु भएको थियो । बोलुआर्टेले अभियोजकसमक्ष घडीहरू एक मित्रद्वारा पैसा तिर्नेगरी किनिदिएको बताएपनि महान्यायाधिवक्ताले कंग्रेसमा त्यसलाई घूस स्वरूप आर्जन गरेको सम्पत्तिका रूपमा औपचारिक आरोप प्रस्तुत गरेका थिए ।
समर्थन अनुमोदन दर एकल अङ्कमा रहेकी राष्ट्रपतिको संसद्मा कुनै पार्टी वा नेतृत्व रहेको छैन, तर सत्तारूढ कन्जरभेटिभ पार्टीहरूको समर्थन छ। सन् २०२३ मा नाकको शल्यक्रियाका लागि दुई हप्तासम्म अघोषित रूपमा अनुपस्थित भएको विषयमा उनले छुट्टै छानबिनको सामना गर्नुपरेको छ, जुन उनले कस्मेटिक उद्देश्यले नभई मेडिकल उपचारका लागि गरिएको बताएकी थिइन् ।
पेरू लामो समयदेखि राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ र विगत आठ वर्षमा त्यहाँ छ जना राष्ट्रपति भएका छन् । सन् २०२२ को डिसेम्बरमा बोलुआर्टेले वामपन्थी राष्ट्रपति पेड्रो क्यास्टिलोलाई विस्थापित गर्दै पदभार ग्रहण गरेकी थिइन् ।
उनी क्यास्टिलोको उपराष्ट्रपति रहेकी थिइन् । पेरुमा आगामी राष्ट्रपति र विधायिकाको निर्वाचन सन् २०२६ को अप्रिलमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण