नागरिकलाई भूमि अधिकार उपलब्ध गराउन सरकार प्रयत्नरत छ : मन्त्री अधिकारी
हेटौँडा । नेपाल सरकारका भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नागरिकलाई भूमि सम्बन्धी अधिकार उपभोग गराउन प्रयत्नरत रहेको बताएका छन् । उनले संविधानमा व्यवस्था भए अनुसार राज्यले हरेक नागरिकलाई भूमि स्वामित्व उपलब्ध गराउने तर्फ केन्द्रित रहेको बताए ।
आइतबार मकवानपुरको बकैया गाउँपालिका–७ भिरकोटमा भूमीहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा वितरण गर्दै मन्त्री अधिकारीले सरकारले भूमिहीन सुकुम्वासी समस्या हल गर्न अन्तिम पटक भूमिहीन सुकुम्वासी समस्या समाधान आयोग बनाएर काम थालेको बताए । आयोगले गम्भीरताका साथ भूमिहीन नागरिकलाई भू–स्वामित्व उपलब्ध गराउने गरी काम गरिरहेको र भूमिहीन सुकुम्वासी समस्या अन्त्य गर्नेगरी सरकार अघि बढेको उनको भनाई छ ।
‘सरकारले अन्तिम पटक भूमि आयोगको संरचना बनाएको छ । भूमि समस्या हल गर्न सरकार गम्भीरताका साथ लागेको र सोही अनुरुप आयोगले पनि काम गरिरहेको छ’ उनले भने । कानुनी समस्या हल गर्दै सुकुम्वासी समस्या अन्त्यको लागि सरकारले काम गरेको उनले बताए । कानुनी समस्याहरू हल गर्दै विगतदेखि भोगचलन गर्दै आएका र केही सरकारी तथा पर्ति जग्गा नाप जाँच गरेर भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई वितरण गर्न सरकारले पहल गरिरहेको उनको भनाई छ ।
सरकारले नागरिकको समस्या हल गर्न केही प्रावधान मिलाए अध्यादेश ल्याएको भए पनि प्रतिपक्ष र सरकारमा रहेका केही साना दलका कारण समस्या भएको मन्त्री अधिकारीले बताए । जनप्रतिनिधिले दलगत स्वार्थ त्यागेर नागरिकको समस्या हल भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
उनका अनुसार बलियो सरकारको रूपमा रहेको स्थानीय तहले आफ्ना अधिकार क्षेत्र बमोजिम भूमिहीन सुकुम्वासी समस्या हल गर्न जग्गा नाप जाँचको काम समय अवधिभित्र सक्नुपर्ने बताए । ऐनमा भएका व्यवस्थाअनुसार स्थानीय तहले प्रक्रियागत रूपमा विवरण भर्ने, निवेदन दर्ता गर्ने, जग्गा नाप जाँच गर्ने लगायतका काम गर्न उनले निर्देशन दिए ।
ऐनमा भएको व्यवस्था अनुसारको जग्गा छनौट तथा नापजाँच गरी सुकुम्वासी नागरिकलाई उपलब्ध गराउन बाधा नहुने उनको भनाई छ । उनले नागरिकको अवस्थालाई मध्यनजर गरेर प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले सुकुम्वासी समस्या हल गर्न राजस्व निर्धारण गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण