तीनकुनेको घरमा आगजनी गर्ने दुई जना पक्राउ
आइतबार, ३१ चैत २०८१, १५ : ५१
काठमाडौँ । पूर्वराजाको समर्थनमा चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनी गरेको कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रुपमा क्षति भएको थियो ।
आगजनीमा संलग्न आरोपमा प्रवीण जोशी र सुरज गौतम पक्राउ गरेका छन् । उनीहरूलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
रातोपाटीलाई प्राप्त भिडियो अनुसार आगजनी गर्दै एक जना आरोपीले भनेका छन्, ‘बल्यो बल्यो हाम्रो आन्दोलन रोकिने वाला छैन, दम भए रोकेर देखाऊ ।’ ती आरोपीले पूर्वराजा र रानीको फोटो प्रिन्ट गरिएको टिसर्ट लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण