तराई–मधेसमा सतुवाइन पर्व मनाइँदै
महोत्तरी । तराई–मधेसका महोत्तरीसहित धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी लगायतका जिल्लामा आज सतुवाइन पर्व मनाइँदै छ ।
नयाँ वर्षका दिन मधेसमा सतुवाइन पर्व मनाइने गरेको जलेश्वर नगरपालिका ५ का संस्कृतिविद् ध्रुव रायले बताए । चना, मकै, जौ, भटमास लगायतका वस्तुलाई भुटेर त्यसलाई पुनः पिँधेंर पिठो तयार गरिन्छ । सोही पिठोको सातु खाएर आजका दिन मिथिलाञ्चलमा सतुवाइन पर्व मनाइने चलन रहेको जलेश्वर ८ का पण्डित बद्रीनारायण झाले जानकारी दिए ।
जलेश्वर नगरपालिका १ स्थित जलेश्वरनाथ महादेव मन्दिरका पूजारी उपेन्द्र पाठक सातुले शीतलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुरसम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन मिथिलाञ्चलमा सातु खाएर सबैले सतुवाइन पर्व मनाउने चलन रहेको बताए ।
उनले भने, “आजका दिन यस क्षेत्रका प्रत्येक घरका प्रत्येक सदस्यले कुनै कुरा खानु अघि सबैभन्दा पहिले सातु खाने गर्दछन् । सातुलाई चिनी, सख्खर वा आफ्नो स्वाद अनुसार नुनसँग पनि खाने चलन छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण