कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण र व्यवसायीकरणतर्फ केन्द्रित छु : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकारको ध्यान कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण र व्यवसायीकरणतर्फ केन्द्रित भएको बताएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा मन्त्री अधिकारीले शुभकामना सन्देश जारी गर्दै कृषि प्रधान देशको समुन्नति र आत्मनिर्भरता कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्र सम्भव हुने बताएका हुन् ।
‘कृषि प्रधान हाम्रो देशको समुन्नति र आत्मनिर्भरता कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्र सम्भव छ भन्ने दृढ विश्वास लिएको छु,’ उनले जारी गरेको शुभकामनामा भनिएको छ । सामुदायिक स्तरदेखि राष्ट्रिय नीतिसम्म समन्वय गरी कृषकहरूको जीवनस्तर उकास्न, पशुपालन व्यवसायलाई प्रवर्धन गर्न र खाद्य सुरक्षालाई सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध छ ।
सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न नीतिगत सुधार, प्रविधिको प्रयोग र कृषकमैत्री कार्यक्रमहरू अघि बढाउँदै आएको छ । आगामी दिनमा कृषि क्षेत्रमा गरिएका प्रतिबद्धतालाई सार्थक रूप प्रदान गर्नको लागि हाम्रो प्रयासहरू त्यसतर्फ केन्द्रित हुनेछ ।
‘नयाँ वर्षले हामी सबैमा उत्साह, उमङ्ग र ऊर्जा भरेर देशको समृद्धि र विकासमा योगदान पुर्याउन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु,’ उनले भने-‘सामुदायिक स्तरदेखि राष्ट्रिय नीतिसम्म समन्वय गरी कृषकहरूको जीवनस्तर उकास्न,पशुपालन व्यवसायलाई प्रवर्धन गर्न र खाद्य सुरक्षालाई सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण