कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण र व्यवसायीकरणतर्फ केन्द्रित छु : मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकारको ध्यान कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण र व्यवसायीकरणतर्फ केन्द्रित भएको बताएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा मन्त्री अधिकारीले शुभकामना सन्देश जारी गर्दै कृषि प्रधान देशको समुन्नति र आत्मनिर्भरता कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्र सम्भव हुने बताएका हुन् ।
‘कृषि प्रधान हाम्रो देशको समुन्नति र आत्मनिर्भरता कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्र सम्भव छ भन्ने दृढ विश्वास लिएको छु,’ उनले जारी गरेको शुभकामनामा भनिएको छ । सामुदायिक स्तरदेखि राष्ट्रिय नीतिसम्म समन्वय गरी कृषकहरूको जीवनस्तर उकास्न, पशुपालन व्यवसायलाई प्रवर्धन गर्न र खाद्य सुरक्षालाई सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध छ ।
सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न नीतिगत सुधार, प्रविधिको प्रयोग र कृषकमैत्री कार्यक्रमहरू अघि बढाउँदै आएको छ । आगामी दिनमा कृषि क्षेत्रमा गरिएका प्रतिबद्धतालाई सार्थक रूप प्रदान गर्नको लागि हाम्रो प्रयासहरू त्यसतर्फ केन्द्रित हुनेछ ।
‘नयाँ वर्षले हामी सबैमा उत्साह, उमङ्ग र ऊर्जा भरेर देशको समृद्धि र विकासमा योगदान पुर्याउन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु,’ उनले भने-‘सामुदायिक स्तरदेखि राष्ट्रिय नीतिसम्म समन्वय गरी कृषकहरूको जीवनस्तर उकास्न,पशुपालन व्यवसायलाई प्रवर्धन गर्न र खाद्य सुरक्षालाई सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु