पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
सोमबार, ०१ वैशाख २०८२, १३ : ४५
बुटवल । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सो नगरपालिको ३ स्थित भित्री कच्ची सडकमा भएको स्कुटर दुर्घटनामा रामपुर नगरपालिका–३ बस्ने ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश ०१–००४ प ८०३९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते ठाडा मगरलाई रामपुर अस्पताल पठाएकोमा चिकित्सकले जाँच गरी मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण