सचिवालय बैठक
७ जनालाई एमालेले ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने
सोमबार, ०१ वैशाख २०८२, १४ : ५५
काठमाडौँ । नेकपा एमालेले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने भएको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीले बैठकको निर्णय बारे जानकारी दिँदै भने, ‘यसपटकको पार्टी स्थापना दिवसमा विगत वर्षमा जस्तै कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्ने विशिष्ट व्यक्ति कम्युनिस्ट योद्धाको रूपमा सम्मान गर्ने निर्णय गरेका छौँ ।’
ज्ञवालीका अनुसार लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्य नारायण मण्डल (सप्तरी) र हरिचरण सिवाकोटी (झापा) लाई सम्मानित गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण