एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
काठमाडौँ । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको अझै पनि गल्ती गर्न खोजिरहेको भन्दै उनको सक्रियताप्रति आपत्ति जनाएको छ । सोमबार बसेको सचिवालय बैठकमा पूर्वराजाको गतिविधिबारे छलफल हुनुका साथै उनको सक्रियताप्रति आपत्ति जनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘हिजोमात्रै पूर्वराजा ज्ञानेन्द्रको सन्देश भनेर जुन अभिव्यक्त आएको छ, त्यो अभिव्यक्ति हेर्दा अझैपनि राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धीलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौँ’, उनले भने, ‘त्यो एकदमै गलत कुरा हो । आपराधिक घटनालाई जनतामा आएको जागरण भन्नुभयो, लुटपाट, तोडफोड त्यस्तै जागरण हो भने त्यो आपत्तिजनक हो ।’
बैठकले यसखालका कुनै पनि क्रियाकलाप नगर्न पूर्वराजालाई सचेत गराएको उनको भनाइ छ। गणतन्त्र उल्ट्याउने प्रयासका साथ कसैले त्यस्तो गतिविधि गर्छ भने त्यो अस्वीकार्य हुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण