‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’

काठमाडौँ । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते राजधानीको तीनकुने घटनाको जिम्मेवारी लिनुपर्ने बताएको छ ।
सोमबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराजाले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेपनि जिम्मेवारी नलिएको बताए ।
उनले भने, ‘उहाँले १५ गतेको घटनाको बारेमा दुःख प्रकट गर्नुभयो, बडो गाह्रो मानमानी । तर, त्यो घटनाको जिम्मेवारी लिनुपदैन रु उहाँले फागुन ७ गते म अगाडि बढेँ, मलाई साथ दिनुस् भनिसकेपछि र कमाण्डर तोकिसकेपछि उहाँ जवाफदेही त हुनुपर्छ ।’
उनले पूर्वराजामा अझै पनि उक्त घटनाबारे पश्चाताप नदेखिएको बताए । चैत १५ मा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा २ जनाको मृत्यु हुनुका साथै तोडफोड, आगजनी र लुटपाटको घटना भएका थिए ।
उक्त घटनाबारे नयाँ वर्षको अवसरमा उनले दिएको शुभकामनामा दुःखमात्रै व्यक्त गरिएको भन्दै ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित
-
होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ
-
आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै
-
‘आवश्यकताका आधारमा आयोजना छनोट गर्नुपर्नेमा राजनीतिक पहुँचको आधारमा गरियो’
-
धवल शमशेर अदालतमा उपस्थित
-
बीपी राजमार्गको के छ अवस्था ? कसरी भइरहेको छ काम ?