‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
काठमाडौँ । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते राजधानीको तीनकुने घटनाको जिम्मेवारी लिनुपर्ने बताएको छ ।
सोमबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराजाले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेपनि जिम्मेवारी नलिएको बताए ।
उनले भने, ‘उहाँले १५ गतेको घटनाको बारेमा दुःख प्रकट गर्नुभयो, बडो गाह्रो मानमानी । तर, त्यो घटनाको जिम्मेवारी लिनुपदैन रु उहाँले फागुन ७ गते म अगाडि बढेँ, मलाई साथ दिनुस् भनिसकेपछि र कमाण्डर तोकिसकेपछि उहाँ जवाफदेही त हुनुपर्छ ।’
उनले पूर्वराजामा अझै पनि उक्त घटनाबारे पश्चाताप नदेखिएको बताए । चैत १५ मा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा २ जनाको मृत्यु हुनुका साथै तोडफोड, आगजनी र लुटपाटको घटना भएका थिए ।
उक्त घटनाबारे नयाँ वर्षको अवसरमा उनले दिएको शुभकामनामा दुःखमात्रै व्यक्त गरिएको भन्दै ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण