बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

सुनसरीमा एकमहिने सिरुवा मेला सुरु

मङ्गलबार, ०२ वैशाख २०८२, ०६ : १६
मङ्गलबार, ०२ वैशाख २०८२

सुनसरी । सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा लाग्दै आएको एकमहिने ‘सिरुवा’ मेला सुरु भएको छ । नयाँ वर्षको आगमनसँगै सुनसरीको विभिन्न स्थानमा गरेर एक महिनासम्म लाग्ने जिल्लाकै पौराणिक एकमहिने सिरुवा मेला सुरु भएको हो । 

इनरुवा–६ मधेसबाट सुरु भएको यो मेला जिल्लाका विभिन्न स्थानमा लागेर मोरङमा समापन हुने गरेको इनरुवाका पूर्वप्रमुख एवं अग्रज ८५ वर्षीय गोपाल कोइरालाले बताए । विसं २००७ को क्रान्ति र झोडा फँडानीपछि यहाँ लाग्दै आएको एकमहिने मेला लाग्दै मोरङमा गएर समापन हुने उनले जानकारी दिए ।  

यो मेला सदरमुकाम इनरुवाको, मधेस, इनरुवा–७ चान्दबेला, इनरुवा–८ गणेशपुर, इनरुवा–१ भगवती मन्दिरसहित रामधुनी नगरपालिकाको पाञ्चायन थान, कोसी–२ पश्चिम कुशाहास्थित सलहेस थानलगायत ठाउँ हुँदै मोरङमा गएर समापन हुन्छ । 

“एक महिनासम्म प्रत्येक ठाउँमा बिहान ८ बजेदेखि लाग्ने यो मेला साँझ अन्त्य गरिन्छ । अर्को दिन पुनः अर्को ठाउँमा लाग्ने गर्दछ”, इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले भने । मेला भर्नका लागि जिल्लामा पाहुनाका रूपमा अन्य जिल्लाबाट आफन्त यहाँ आउने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप