ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
वासिङ्टन डिसी । ह्वाइट हाउसले राखेका मागहरू अस्वीकार गरेको केही घण्टा नबित्दै डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिइँदै आएको २ अर्ब डलर बराबरको संघीय सहायता रकम रोकेको छ ।
‘हार्वर्डको आजको बयानले हाम्रो देशको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय र कलेजहरूमा व्याप्त समस्याग्रस्त मानसिकतालाई दर्साउँछ,’ शिक्षा विभागले एक विज्ञप्तिमा भनिएको छ ।
ह्वाइट हाउसले गत हप्ता हार्वर्डलाई मागहरूको एउटा सूची पठाएको थियो जसको उद्देश्य क्याम्पसमा यहुदीविरोधी भावनालाई नियन्त्रण गर्नु थियो । यसमा प्रशासन, भर्ना र सञ्चालन प्रक्रियामा परिवर्तनहरू समावेश थिए ।
ह्वाइट हाउसले आफ्नो समुदायलाई ‘नियन्त्रण’ गर्न खोजेको भन्दै हार्वर्डले सोमबार ती मागहरू अस्वीकार गरेको जानकारी दिएको थियो ।
आफ्नो नीति परिवर्तन गर्न ट्रम्प प्रशासनको दबाबलाई अस्वीकार गर्ने हार्वर्ड पहिलो अमेरिकी विश्वविद्यालय हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि गाजामा इजरायली आक्रमण र इजरालयलाई अमेरिकी समर्थनको विरोधमा गत वर्ष देशभर भएका प्रदर्शनहरूमा प्रमुख विश्वविद्यालयहरूले यहुदी विद्यार्थीहरूलाई संरक्षण गर्न नसकेको आरोप लगाएका थिए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण