मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा
काठमाडौँ । मधु केसी र सागर बिसीको स्वरमा रहेको गीत ‘सनाई ढोलाकी’ सार्वजनिक भएको छ । सागर बिसी युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।
विवाहको मौसमको छेको पारेर ल्याइएको गीतमा वैवाहिक माहोलको चर्चा परिचर्चालाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।
मन बिग्रिन्छ फूलैको रस देख्दा
शुभ विवाह लेखेको गीत देख्दा
सनई ढोलाकी यो साल नि मेरो बिहे हुन्न होला कि !
गीतमा अरूको बिहे भइरहँदा आफ्नो बिहे विभिन्न कारणले हुन नसकेको विषयलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा भिडियो पनि बिहेको माहौलमा आफ्नो बिहे हुन नसकेको गुनासो पोखिए पनि दोहोरी बाजामार्फत रमाइलोपन वातावरण झल्काइएको छ ।
शिव हमालको शब्द रहेको गीतमा सीमा थापाको संगीत रहेको छ ।
यस्तै सुनिल परियार म्युजिक एरेन्जर, विमल छिनाल रेकडिस्ट रहेको गीतको भिडियो दीप गुरुङले निर्देशन गरेका हुन् । यस्तै गीतमा मनोज गुरुङ, सञ्चिता बोलाखो लुइँटेल, सीमा थापा र उमिश उपरकोटीको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण