किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
मङ्गलबार, ०२ वैशाख २०८२, १२ : ३६

झापा । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पर्सा वीरगन्ज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलबर खानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
खानले ती बालिकालाई मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम
-
‘दलहरूबिचको चरम अविश्वासलाई हेर्दा मध्यावधिमा जानु नै ठिक हुन्छ’
-
नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न, तयारी पूरा
-
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
-
गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड
-
प्ले–अफ चरणमा पुग्न आतुर गुजरातलाई पहिलोपटक उसैको घरमा हराउने धुनमा हैदराबाद