यस्तो छ चलचित्र ‘ऊनको स्वीटर’ को ‘काफ्ले’ गीत
काठमाडौं । वैशाख २६ गतेदेखि विश्वव्यापी रिलिज हुने चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ शीर्षकको गीत सार्वजनिक गरिएको छ ।
मङ्गलवार आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गीतमा फिल्मको कथा झल्काउन खोजिएको छ ।
युवराज काफ्लेको शब्द, झुमा लिम्बुको सङ्गीत रहेको गीतमा झुमा र सुजन चापागाईँको स्वर छ । गीत सार्वजनिक कार्यक्रममा निर्देशक नवीन चौहानले ‘काफ्ले’ शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको बताए ।
‘हामी चलचित्रको जुन सपना बोकेर पाँचथर गएका थियौँ, आज त्यो सपना पुरा हुन लागेको छ । चलचित्र ’रियलिस्टिक अप्रोच’बाट बनाइएको भएकाले यो गीतलाई पनि हामीले यथार्थपरक शैलीमा प्रस्तुत गरेका हौँ’, चौहानले भने ‘ अभिनेता विपिन कार्कीले चलचित्रमा ‘धरणीधर काफ्ले’को भूमिका निर्वाह गरेका छन्, जसका लागि काफ्ले थर हुनेहरूको संस्कृतिको अध्ययन एवं अनुसन्धान समेत गरिएको थियो ।’
‘काफ्ले’ गीतका गीतकार युवराज काफ्लेले आफ्नो थरलाई गीतमार्फत ब्रान्डमा बदल्ने पुरानो सपना पूरा भएको बताए ।
सङ्गीतकार तथा गायिका झुमा लिम्बूले ‘काफ्ले’ गीत उनको बाल्यकालको सम्झनासँग जोडिएको बताइन् ।
कार्यक्रममा झुमा लिम्बू र सुजन चापागाईँले गीतमा प्रत्यक्ष प्रस्तुति दिए ।चलचित्रका अभिनेता विपिन कार्कीले फिल्ममा काम गर्नु रमाइलो अनुभव भएको बताए । ‘अटो भर्ने कुरामा आफ्नै याद आउँछन् । विद्यालयमा हुँदा मैले धेरै साथीहरूलाई अटो लेखेको छु,’ उनले अनुभव सुनाए ।
अभिनेत्री मिरुना मगरले यस गीतसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गरिन् । ‘यो गीतसँग मेरो एक किसिमको भावनात्मक सम्बन्ध छ । मेरो पुर्खाहरूले गुनगुनाएको यो भाकामा आफैँले काम गर्न पाएकी छु’ उनले भनिन् ।
आर्टमाण्डू प्रा.लिको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक चलचित्र हो । विपिन कार्की र मिरुना मगर मुख्य भुमिकामा रहेको फिल्ममा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय छ ।
चलचित्रको लेखन तथा निर्देशन नवीन चौहान हुन् । गीत सार्वजनिक समारोहमा आर्टमाण्डूको परिचय भिडियो समेत प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण