जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
बुधबार, ०३ वैशाख २०८२, १० : ३२

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित धौलापानीमा रु ५७ लाख ६१ हजार लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ ।
कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए ।
कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा पचास घनमिटरको रिजर्भ ट्याङ्की र दुईवटा १० घनमिटरका सहायक ट्याङ्की निर्माण गरिएको छ ।
लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वत घटनाका दोषीलाई कारबाही गर्न एमाले गण्डकीको माग
-
नेपाल मगर विद्यार्थी सङ्घको स्थगित भएको निर्वाचन वैशाख ३१ गते हुने
-
झापाबाट करिब १५ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
-
नुर अहमदको शानदार बलिङ, कोलकाताद्वारा १ सय ८० रनको लक्ष्य प्रस्तुत
-
बाल मन्दिर जग्गा प्रकरण : रिता सिंह र योगेन्द्र शाहीसँग बयान लिइएन
-
अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का