कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघमा भाँडभैलो भएको छ । संगठन अस्तव्यस्त बनेको भन्दै विवाद मिलाउन गरेको आग्रह नेतृत्वले नसुनेपछि बुधवार २० जना केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेहरू शेखर–गगन पक्षका हुन् । राजीनामा दिनेहरुमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा.अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा.सिता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वती आचार्यलगायत छन् ।

यसअघि उनीहरूले चारबुँदे माग राख्दै पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए । उनीहरूले चैत २१ गते पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै ‘नेपाल महिला संघको अध्यक्षको मनपरी अन्त्य गरी विधिसम्मत अधिवेशन गर्ने वातावरण गरिपाउँ भन्ने ज्ञापन पत्र’ बुझाएका थिए ।
पत्रमा महिला संघकी तदर्थ समिति संयोजक उषा मिश्र राउतले मनोमानी गरेको भन्दै चारबुँदे माग राखेकी थिइन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण