कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघमा भाँडभैलो भएको छ । संगठन अस्तव्यस्त बनेको भन्दै विवाद मिलाउन गरेको आग्रह नेतृत्वले नसुनेपछि बुधवार २० जना केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेहरू शेखर–गगन पक्षका हुन् । राजीनामा दिनेहरुमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा.अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा.सिता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वती आचार्यलगायत छन् ।
यसअघि उनीहरूले चारबुँदे माग राख्दै पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए । उनीहरूले चैत २१ गते पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै ‘नेपाल महिला संघको अध्यक्षको मनपरी अन्त्य गरी विधिसम्मत अधिवेशन गर्ने वातावरण गरिपाउँ भन्ने ज्ञापन पत्र’ बुझाएका थिए ।
पत्रमा महिला संघकी तदर्थ समिति संयोजक उषा मिश्र राउतले मनोमानी गरेको भन्दै चारबुँदे माग राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर