उल्टो बाटोमा जसपा नेपाल : महाधिवेशनपछि पालिका, जिल्ला र प्रदेशको अधिवेशन
काठमाडौँ । गत वर्ष जेठमा केन्द्रीय महाधिवेशन सम्पन्न गरेको जसपा नेपालले यही वैशाखभित्र पालिका, जिल्ला र प्रदेश तहको अधिवेशन गर्न पार्टीका मातहतका समितिलाई निर्देशन दिएको छ ।
सामान्यतया राजनीतिक दलहरूले महाधिवेशन अघि पालिका, जिल्ला र प्रदेश तहको अधिवेशन गर्दछन् । तर, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले महाधिवेशन सम्पन्न भएको करिब एक वर्षपछि पालिका, जिल्ला तथा प्रदेश तहको अधिवेशन गर्दैछ ।
सो पार्टीको भ्रातृ संगठन र शुभेच्छुक संगठनहरूको पनि अधिवेशन चलिरहेको छ । वैशाखभित्र अधिवेशन नगर्ने समितिहरू स्वतः निष्क्रिय हुने र त्यहाँ तदर्थ कमिटी गठन हुने पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।
पार्टीले पहिला नै सर्कुलर पठाएर वैशाख मसान्तभित्र सबै तहका अधिवेशन सम्पन्न गरिसक्न भनेको उनले प्रस्ट पारे ।
प्रवक्ता सुमनले तल्लो तहदेखि प्रतिनिधि चयन गरी महाधिवेशन सम्पन्न गरिएको र पार्टीको विधि अनुसार नै पालिकादेखि जिल्ला प्रदेशसम्म बैठक बसेर प्रतिनिधि चयन गरेको बताए । ‘सोही प्रतिनिधिको आधारमा महाधिवेशन सम्पन्न भयो,’ उनले भने, ‘अहिले तल्लो तहमा अधिवेशनहरू भइरहेको छ ।’
पार्टीको महाधिवेशन भइसके पनि निर्वाचन आयोगले अध्यावधिक गरिसकेको छैन । गत जेठ अन्तिममा सम्पन्न महाधिवेशनले पार्टी अध्यक्षमात्र चयन गरेको थियो । केन्द्रीय समितिदेखि अन्य समिति सदस्य चयनको जिम्मेवारी अध्यक्षलाई दिइएको भने पनि विधानमा उक्त व्यवस्था नरहेका कारण निर्वाचन आयोगले नयाँ कार्यसमिति गठन प्रक्रियामा प्रश्न उठाएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण