गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध टुंगियो
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापामाथि फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध टुंगिएको छ ।
प्रतिबन्ध टुंगिएसँगै थापाले अब आफू नेपाली फुटबलको विकास र विस्तारमा सक्रियतापूर्वक लागिपर्ने रातोपाटीलाई बताए ।
फिफाले २०७२ मा थापालाई १० वर्षसम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध गरेको थियो । थापाले बुधबार जारी गरेको विज्ञप्तिमा आफूलाई २०१५ को अप्रिल १६ मा प्रतिबन्ध लगाएको र त्यो सोमबार टुङ्गिएको उल्लेख गरेका छन् ।
‘कठिन १० वर्षे अवधिपश्चात्, मेरो फुटबल सम्बन्धित सबै गतिविधिबाट भएको निलम्बन अब समाप्त भएको छ’, थापाले भने, ‘यो यात्रा चुनौतीपूर्ण थियो । तर, यस अवधिमा प्राप्त सबैको सहयोग र समर्थनका लागि आभार व्यक्त गर्न चाहन्छु ।’
थापाले भ्रष्टाचार गरेको तथा घुस लिएर विभिन्न धाराहरू उल्लङ्घन गरेको फिफाको अनुशासन समितिले ठहर थियो । उसले थापालाई २१ लाख जरिवाना समेत तोकेको थियो ।
दुई दशकसम्म एन्फा अध्यक्ष रहेका थापा त्यससँगै एन्फाबाट बाहिरिएका थिए । एन्फा अध्यक्ष २०११ को फिफा चुनावमा गलत काम गरेको, विभिन्न समयमा व्यक्तिगत र पारिवारिक लाभका लागि रकम लिएको, भ्रष्टाचार गरेको जस्ता अभियोग फिफाले लगाएको थियो ।
थापाले भने फिफाले आफूलाई न्याय नगरेको प्रतिक्रिया दिँदै आएका छन् । उसो त १० वर्षे कारबाहीअघि पनि थापा फिफाको निलम्बनमा परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण