शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

लालबन्दीबाट २४४ किलो गाँजा बरामद, धानको भुसा हाल्ने बोरामा लुकाएर लैजाँदै थिए

बिहीबार, ०४ वैशाख २०८२, १४ : १५
बिहीबार, ०४ वैशाख २०८२

सर्लाही। सर्लाहीको लालबन्दीबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बराबद गरेको छ । 

बुधबार राति सवा ११ बजे सिन्धुलीको मरिनखोलाबाट लालबन्दीतिर ल्याइँदै गर्दा इलाका प्रहरी कार्यालय लालबन्दीले २४४ किलो गाँजासहित बोलेरो चालकलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्ने चालक सोही नगरपालिका–१ नवलपुरका २५ वर्षीय सुशील चौधरी रहेका छन् । 

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर सुजन पाठक र लालबन्दी नगरपालिका–११ हीरापुरमा रहेको प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले सोही नगरपालिका–१३ पत्थरकोट चोकबाट बा२०च १७८२ नम्बरको बोलेरो गाडीसहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । 

धानको भुसाको बोरामा लुकाएर रातो प्लास्टिकमा प्याक गरिएका ४५ पोका अर्थात् २४४ केजी गाँजा प्रहरीले पक्राउ गरेको हो । 

गाँजा र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरीमा राखिएको छ । गाँजा बरामद भएको उक्त स्थान इप्रका लालबन्दीबाट अन्दाजी पाँच किलोमिटर उत्तरमा पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप