लालबन्दीबाट २४४ किलो गाँजा बरामद, धानको भुसा हाल्ने बोरामा लुकाएर लैजाँदै थिए
सर्लाही। सर्लाहीको लालबन्दीबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बराबद गरेको छ ।
बुधबार राति सवा ११ बजे सिन्धुलीको मरिनखोलाबाट लालबन्दीतिर ल्याइँदै गर्दा इलाका प्रहरी कार्यालय लालबन्दीले २४४ किलो गाँजासहित बोलेरो चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्ने चालक सोही नगरपालिका–१ नवलपुरका २५ वर्षीय सुशील चौधरी रहेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर सुजन पाठक र लालबन्दी नगरपालिका–११ हीरापुरमा रहेको प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले सोही नगरपालिका–१३ पत्थरकोट चोकबाट बा२०च १७८२ नम्बरको बोलेरो गाडीसहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
धानको भुसाको बोरामा लुकाएर रातो प्लास्टिकमा प्याक गरिएका ४५ पोका अर्थात् २४४ केजी गाँजा प्रहरीले पक्राउ गरेको हो ।
गाँजा र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरीमा राखिएको छ । गाँजा बरामद भएको उक्त स्थान इप्रका लालबन्दीबाट अन्दाजी पाँच किलोमिटर उत्तरमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण