दुई वर्षका लागि सम्झौता नविकरण गरे लिभरपुलका कप्तानले
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका कप्तान भर्जिल भान डाइकले क्लबसँग सम्झौता नविकरण गरेका छन् । नेदरल्यान्ड्सका यी प्रभावशाली खेलाडीले लिभरपुलसँग थप दुई वर्षका लागि सम्झौता नविकरण गरेको समाचारमा जनाइएको छ ।
३३ वर्षीय सेन्टर–ब्याक भान डाइकको अघिल्लो सम्झौता अवधि यसै सिजनको अन्त्यमा सकिँदै थियो । इजिप्टका प्रभावशाली खेलाडी मोहम्मद सलाहसँग अब भान डाइक पनि थप दुई वर्ष लिभरपुलमै रहने छन् । ३२ वर्षीय सलाहले गत साता लिभरपुलसँग थप दुई वर्षका लागि सम्झौता नविकरण गरेका थिए । ‘अन्ततः थप दुई वर्ष लिभरपुलमै रहने निर्णय लिइयो । लिभरपुल नै मेरा लागि सही क्लब हो,’ भान डाइकले भनेका छन् ।
पछिल्लो समय उनी लिभरपुल छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० मा आबद्ध हुने चर्चा पनि चलेको थियो । सन् २०१८ मा लिभरपुलमा आबद्ध भएका भान डाइकले क्लबका लागि तीन सय १४ खेल खेलिसकेका छन् । उनी सन् २०२३ मा लिभरपुलको कप्तान बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न कांग्रेसको माग
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
-
‘नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भन्ने नीति पुनरवलोकन गरौँ, सरकार जोगाउने तर्क नगरौँ’
-
गणेश नेपालीको आत्मदाहपछि सांसद रञ्जु दर्शनाको आक्रोश : खर्च बेहोरेर मात्र सरकारको दायित्व सकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण