दुई वर्षका लागि सम्झौता नविकरण गरे लिभरपुलका कप्तानले

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका कप्तान भर्जिल भान डाइकले क्लबसँग सम्झौता नविकरण गरेका छन् । नेदरल्यान्ड्सका यी प्रभावशाली खेलाडीले लिभरपुलसँग थप दुई वर्षका लागि सम्झौता नविकरण गरेको समाचारमा जनाइएको छ ।
३३ वर्षीय सेन्टर–ब्याक भान डाइकको अघिल्लो सम्झौता अवधि यसै सिजनको अन्त्यमा सकिँदै थियो । इजिप्टका प्रभावशाली खेलाडी मोहम्मद सलाहसँग अब भान डाइक पनि थप दुई वर्ष लिभरपुलमै रहने छन् । ३२ वर्षीय सलाहले गत साता लिभरपुलसँग थप दुई वर्षका लागि सम्झौता नविकरण गरेका थिए । ‘अन्ततः थप दुई वर्ष लिभरपुलमै रहने निर्णय लिइयो । लिभरपुल नै मेरा लागि सही क्लब हो,’ भान डाइकले भनेका छन् ।
पछिल्लो समय उनी लिभरपुल छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० मा आबद्ध हुने चर्चा पनि चलेको थियो । सन् २०१८ मा लिभरपुलमा आबद्ध भएका भान डाइकले क्लबका लागि तीन सय १४ खेल खेलिसकेका छन् । उनी सन् २०२३ मा लिभरपुलको कप्तान बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरियन कलाकार बो सुक ली : क्यानभासमा अक्षरका माध्यमबाट संसारलाई जोड्दै
-
साढे चार घण्टापछि बाटो खुल्दा काठमाडौँ भित्रिने र बाहिरिने गाडीहरूको लर्को (तस्बिरहरु)
-
यार्सा सङ्कलन गर्ने समूहबिच डोल्पामा झडप, २ राउन्ड हवाई फायर
-
कमल राणा : विशेष विवाह विधेयक प्रस्तुत गरिन्, जनमत नआउँदै संसद् भंग हुँदा दुखी भइन्
-
हामी समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा छौँ : प्रचण्ड
-
‘खलिल जिब्रानको द प्रोफेट मेरा निम्ति किताब मात्र होइन, मन्त्र पनि हो’