कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्नुस् : राष्ट्रिय परीक्षा बोर्ड
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्न शिक्षकहरुलाई आग्रह गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बुधबार एक सुचना जारी गर्दै कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सहयोग र सहभागिताका लागि शिक्षकहरुलाई आग्रह गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ,‘वर्तमान अवस्थामा कक्षा १० को परीक्षा दिइसकेका विद्यार्थीलाई समयमै नतिजा दिन उत्तरपुस्तिकाको परीक्षण गर्ने र कक्षा १२ को अन्त्यमा राष्ट्रिय रुपमा हुने परीक्षा सञ्चालन व्यवस्थापन गर्ने यी दुवै जिम्मेवारीहरु प्रबुद्ध शिक्षकवर्गको सहभागिताबाट मात्र सम्पन्न हुन सक्छ । विद्यार्थीको गुणस्तरीय सिकाई उपलब्धिका लागि शिक्षकको पेशागत सुरक्षा र प्राज्ञिक उन्नयन तथा विद्यार्थीको अवसर र प्राथमिकता सँगसँगै जानुपर्ने विषयहरु हुन् । यिनै पक्षहरुभित्र आफ्ना पेसागत हकहित र सुरक्षा सँगसँगै आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवम् प्राथमिकताको संवेदनशिल पक्षलाई समेत आत्मसात गर्दै पेसागत उत्तरदायित्वकै रूपमा उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सदा सहयोग र सहभागिताका लागि राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट पुनः नेपाल शिक्षक महासङ्घ, विद्यालयका प्रधानाध्यापक तथा समग्र शिक्षक वर्गसँग हार्दिक अनुरोध गरिन्छ ।’
शिक्षकहरू नेपाल शिक्षक महासंघको नेतृत्वमा आफ्नो पेसागत हकहितका लागि शिक्षा विधेयकलाई ऐनका रूपमा चाँडो पारित गरियोस् भन्ने मागसहित आन्दोलनमा रहेको बताउँदै जारी सुचनामा भनिएको छ,‘कक्षा १० को परीक्षा सकेर बसेका विद्यार्थी आफ्नो सुनिश्चित भविष्यका लागि नतिजा पर्खिरहेको अवस्था छ । अभिभावकहरू समेत आफ्ना सन्तानको गुणस्तरीय शिक्षा र उज्वल भविष्यको योजना बनाइरहनुभएको छ । कक्षा १२ का विद्यार्थीहरु विद्यालय तहको अन्त्यमा राष्ट्रिय रुपमा लिइने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा दिनका लागि उत्सुकृताका साथ पर्खाइमा रहेका छन् । विद्यार्थीले विद्यालय जीवनभरी गरेको उपलब्धिको प्रमाणपत्र प्राप्त गर्नका लागि पर्खिरहेको कक्षा १२ को परीक्षा आफ्ना बालबालिकालाई अभिभावकले गरेको लगानी, गुरु वर्गले आफ्ना विद्यार्थीलाई गरेको मिहिनेत तथा सरकारले गरेको लगानी समेतको सूचक भएको हुनाले यो तहको परीक्षा अत्यन्तै संवेदनशिल र मानवीय पक्ष हो भन्ने विषयमा हामी सबै स्पष्ट नै हुनुपर्दछ ।’
बोर्डले सम्पूर्ण विद्यार्थीहरुलाई परीक्षाकाे तयारीका लागि धैर्यताका साथ निरन्तर लाग्न अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गम्भीर रोगबाट बच्ने अचूक उपाय : भान्सामा दैनिक समावेश गर्नुहोस् यी १३ खानेकुरा
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
घरदैलोमै सामाजिक सुरक्षा भत्ता
-
३५ वर्ष पार गरेका महिलाले जान्नैपर्ने शरीरका परिवर्तन र समाधानका ६ उपाय
-
देशभर मनसुनी वायुको प्रभाव : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
अमेरिका र बोस्नियाबिचको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण