वर्षासंगै आएको बाढीले क्षति
सुर्खेत । बिहीबार वर्षासंगै आएको बाढीले कर्णालीका विभिन्न स्थानमा क्षति पुर्याएको छ ।
हुम्लामा विहान वर्षासँगै आएको बाढीले घर, पसल लगायतका संरचनाहरुमा क्षति पुर्याएको छ ।
हिउँदे बालीनालीमा समेत क्षति पुगेको छ । बाढीले अदानचुली गाउँपालिकाको केन्द्र रहेको श्रीनगरमा क्षति पुर्याएको छ ।
पछिल्लो विवरण अनुसार यहाँको २ र ३ नम्बर वडाका २३ वटा भौतिक संरचनामा क्षति पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।
केही पसल, केही घर तथा विद्यालय र बाख्राको गोठमा समेत क्षति भएको उनको भनाई छ । दुई वटा घरहरु पुर्ण रुपमा भत्किएको प्रमुख जिल्ला अधिकारी पाण्डेयल रातोपाटीलाई बताए ।
स्थानीय व्यापारीहरुको पसलमा समेत क्षति भएको उनको भनाई छ ।
यस्तै वर्षासंगै आएको बाढीका कारण वडा नम्बर ३ धर्मबहादुर बुढाका २७ बाख्रा मरेका छन् ।
यस्तै एउटा विद्यालयमा पनि बाढी पसेर क्षति पुगेको छ भने खाद्य संस्थानको डिपोमा पनि बाढी पसेर एक सय भन्दा बढी चामलको बोरामा क्षति पुगेको छ।
वर्षाले हुम्ला सहति मुगु जिल्लाको दक्षिण क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । अहिले भने स्थिती सामान्य बनेको छ ।
यता मुगुको सोरु गाउँपालिका ३ भिडी भन्ने ठाउँमा तिनकोठे गोठ भत्किएको छ । ७५ वटा घरधुरी रहेको उक्त गाउँका किसानले लगाएको कोदोमा क्षति भएको मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले रातोपाटीलाई जानकारी दिए ।
क्षतिबारे कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले जानकारी लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण