शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

वर्षासंगै आएको बाढीले क्षति

बिहीबार, ०४ वैशाख २०८२, १८ : ०६
बिहीबार, ०४ वैशाख २०८२

सुर्खेत । बिहीबार वर्षासंगै आएको बाढीले कर्णालीका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ ।

हुम्लामा विहान वर्षासँगै आएको बाढीले घर, पसल लगायतका संरचनाहरुमा क्षति पुर्‍याएको छ । 

हिउँदे बालीनालीमा समेत क्षति पुगेको छ । बाढीले अदानचुली गाउँपालिकाको केन्द्र रहेको श्रीनगरमा क्षति पुर्‍याएको छ । 

पछिल्लो विवरण अनुसार यहाँको २ र ३ नम्बर वडाका २३ वटा भौतिक संरचनामा क्षति पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । 

केही पसल, केही घर तथा विद्यालय र बाख्राको गोठमा समेत क्षति भएको उनको भनाई छ । दुई वटा घरहरु पुर्ण रुपमा भत्किएको प्रमुख जिल्ला अधिकारी पाण्डेयल रातोपाटीलाई बताए । 

स्थानीय व्यापारीहरुको पसलमा समेत क्षति भएको उनको भनाई छ । 
यस्तै वर्षासंगै आएको बाढीका कारण वडा नम्बर ३ धर्मबहादुर बुढाका २७ बाख्रा मरेका छन् । 

यस्तै एउटा विद्यालयमा पनि बाढी पसेर क्षति पुगेको छ भने खाद्य संस्थानको डिपोमा पनि बाढी पसेर एक सय भन्दा बढी चामलको बोरामा क्षति पुगेको छ। 

वर्षाले हुम्ला सहति मुगु जिल्लाको दक्षिण क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । अहिले भने स्थिती सामान्य बनेको छ । 

यता मुगुको सोरु गाउँपालिका ३ भिडी भन्ने ठाउँमा तिनकोठे गोठ भत्किएको छ । ७५ वटा घरधुरी रहेको उक्त गाउँका किसानले लगाएको कोदोमा क्षति भएको मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले रातोपाटीलाई जानकारी दिए । 

क्षतिबारे कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले जानकारी लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप