अभियान र अधिवेशन वैशाखसम्म सक्ने जसपा नेपालको तयारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठन निर्माण अभियान र मातहत समितिको अधिवेशन वैशाखसम्म सक्ने तयारी गरेको छ । पार्टीले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ र स्थानीय तहदेखि प्रदेश समितिसम्मको अधिवेशन वैशाख महिनासम्म सक्ने पार्टीको तयारी रहेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
गत वर्षको जेठ मसान्तमा पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको जसपा नेपालले एक वर्षभित्र मातहत समितिको अधिवेशन सक्ने गरी कार्यतालिका बनाएको छ । स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिको अधिवेशन सम्पन्न गरी वैशाख मसान्तसम्म पहिचानमा आधारित राष्ट्रिय समिति र प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने तयारी रहेको प्रमुख बस्नेतको भनाइ छ ।
पार्टीको केन्द्रीय समितिको बैठकमा अभियानमा खटाइएका केन्द्रीय अभियन्ताहरुको कामको प्रतिवेदन र त्यसको समीक्षापश्चात निष्कर्ष निकाल्दा अभियानलाई बैशाख मसान्तसम्म जारी राख्ने निर्णय भएको थियो । साथै अभियानका दौरानमा पार्टी प्रवेश कार्यक्रम, सङ्गठनात्मक गतिविधि बढेको र सदस्यता नवीकरण कार्य भइरहेको र सबै प्रदेशमा विभिन्न तहगत समितिको अधिवेशन भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित