अभियान र अधिवेशन वैशाखसम्म सक्ने जसपा नेपालको तयारी
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठन निर्माण अभियान र मातहत समितिको अधिवेशन वैशाखसम्म सक्ने तयारी गरेको छ । पार्टीले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ र स्थानीय तहदेखि प्रदेश समितिसम्मको अधिवेशन वैशाख महिनासम्म सक्ने पार्टीको तयारी रहेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
गत वर्षको जेठ मसान्तमा पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको जसपा नेपालले एक वर्षभित्र मातहत समितिको अधिवेशन सक्ने गरी कार्यतालिका बनाएको छ । स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिको अधिवेशन सम्पन्न गरी वैशाख मसान्तसम्म पहिचानमा आधारित राष्ट्रिय समिति र प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने तयारी रहेको प्रमुख बस्नेतको भनाइ छ ।
पार्टीको केन्द्रीय समितिको बैठकमा अभियानमा खटाइएका केन्द्रीय अभियन्ताहरुको कामको प्रतिवेदन र त्यसको समीक्षापश्चात निष्कर्ष निकाल्दा अभियानलाई बैशाख मसान्तसम्म जारी राख्ने निर्णय भएको थियो । साथै अभियानका दौरानमा पार्टी प्रवेश कार्यक्रम, सङ्गठनात्मक गतिविधि बढेको र सदस्यता नवीकरण कार्य भइरहेको र सबै प्रदेशमा विभिन्न तहगत समितिको अधिवेशन भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण