नेकपा एमाले विराटनगर नगरकमिटीको अध्यक्षमा गिरी निर्वाचित
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन्। बिहीबार साँझ सम्पन्न निर्वाचनमा गिरीले १७३ मत प्राप्त गरी, प्रतिस्पर्धी रोहित कोइरालालाई १२१ मतले पराजित गरेका हुन् ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मतदान प्रक्रिया अघि बढाइएको थियो। कुल ३१४ प्रतिनिधिमध्ये ३०८ जनाले मतदान गरेका थिए।गिरी नेतृत्वको प्यानलले अन्य पदमा समेत विजय हासिल गरेको छ। उपाध्यक्षमा सुरज न्यौपानेले १४५ मत प्राप्त गरी विराटनगर महानगरपालिका(८ का वडा अध्यक्ष राम पोख्रेललाई १३६ मतले हराएका छन् ।
सचिवमा विज्ञान चापागाईँले १८३ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी नवराज काफ्लेलाई ७९ मतको फराकिलो अन्तरले पराजित गरेका छन्। यसैगरी, उपसचिवमा हमिद आजादले १७८ मत प्राप्त गरी चन्द्र शेखर विश्वासलाई ८० मतले पछाडि पारेका छन् ।
महिला उपसचिवमा हिमा मैनाली पोखरेलले १६९ मत हासिल गरी कला डाँगीलाई ५८ मतको अन्तरले पराजित गरेकी छन् । डाँगीले १११ मत प्राप्त गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण