‘अभिमन्यु’को मुख्य कलाकारमा कामेश्वर पनि
काठमाडौँ । ‘अभिमन्यु’ अहिले छायाङ्कनरत फिल्म हो । फिल्मको काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । निर्माण युनिटले फिल्ममा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको प्रचार गरिरहेको छ ।
तर, फिल्मको मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरिसिया पनि रहेको पाइएको छ । फिल्म छायाङ्कन सेटबाट एक तस्बिर बाहिरिएको छ । जसमा कामेश्वर देखिएका हुन् । यस विषयमा निर्माता विनोद पौडेल फिल्मको प्रचार प्रसारण रणनीति अनुसार कामेश्वरको नाम गोप्य राखिएको बताउँछन् । पौडेल सर्वाधिक हिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता पनि हुन् ।
गत चैत्र १९ गते कीर्तिपुरमा शुभमुहूर्तसँगै छायाङ्कन सुरु भएको फिल्म अहिले छायाङ्कनको करिब अन्तिम चरणमा छ । फिल्म आगामी भदौ २७ गते रिलिज हुनेछ ।
सेभेन सिज सिनेमाको प्रस्तुति ‘अभिमन्यु’का निर्देशक सुशान्त गौतम हुन् । गौतमको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्म निर्माणमा पौडेललाई गुञ्जन गिरीले साथ दिएका छन् । फिल्म विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण