‘अभिमन्यु’को मुख्य कलाकारमा कामेश्वर पनि

काठमाडौँ । ‘अभिमन्यु’ अहिले छायाङ्कनरत फिल्म हो । फिल्मको काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । निर्माण युनिटले फिल्ममा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको प्रचार गरिरहेको छ ।
तर, फिल्मको मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरिसिया पनि रहेको पाइएको छ । फिल्म छायाङ्कन सेटबाट एक तस्बिर बाहिरिएको छ । जसमा कामेश्वर देखिएका हुन् । यस विषयमा निर्माता विनोद पौडेल फिल्मको प्रचार प्रसारण रणनीति अनुसार कामेश्वरको नाम गोप्य राखिएको बताउँछन् । पौडेल सर्वाधिक हिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता पनि हुन् ।
गत चैत्र १९ गते कीर्तिपुरमा शुभमुहूर्तसँगै छायाङ्कन सुरु भएको फिल्म अहिले छायाङ्कनको करिब अन्तिम चरणमा छ । फिल्म आगामी भदौ २७ गते रिलिज हुनेछ ।
सेभेन सिज सिनेमाको प्रस्तुति ‘अभिमन्यु’का निर्देशक सुशान्त गौतम हुन् । गौतमको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्म निर्माणमा पौडेललाई गुञ्जन गिरीले साथ दिएका छन् । फिल्म विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष
-
अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प
-
दासढुङ्गामा मदन–आश्रित स्मृतिसभा