सिक्किममा निश्चललाई स्वर्ण
काठमाडौँ । सिक्किमको ग्याङटकमा भएको उसु प्रो फाइट नाइटमा नेपालका निश्चल तामाङले स्वर्ण जितेका छन् । सिक्किमका राष्ट्रिय खेलाडीलाई पराजित गर्दै निश्चलले स्वर्ण जितेको टोलीका प्रशिक्षक राजीव महर्जनले जनाएका छन् ।
प्रशिक्षक महर्जनका अनुसार सिक्किमका मुख्यमन्त्रीले निश्चललाई गोर्खाली युवा पदकसहित ५० हजार भारतीय रुपैयाँबाट पुरस्कृत गरे ।
निश्चलले सिक्किमका मुख्यमन्त्रीबाट युवा खेलाडीको सम्मान पाउँदा हर्ष लागेको बताउँदै अझै खेल क्षेत्रमा लाग्न हौसला मिलेको बताए ।
निश्चलसहित प्रतियोगितामा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । बाँकी ४ खेलाडी मिलन राई, कमल आचार्य, मिलन तामाङ र विनोद श्रेष्ठ दोस्रो हुँदै जनही २०–२० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाएको टिम व्यवस्थापक किरण साउदले जानकारी दिए । प्रतियोगिता सिक्किम एमेच्योर उसु संघको आयोजनामा भएको हो ।
प्रशिक्षक महर्जनले ग्याङटकस्थित डेन होम स्टेका सञ्चालक केलन तामाङको सहयोग प्रति आभार व्यक्त गर्दै सिक्किम एमेच्योर उसु संघ र मार्सल आर्ट अर्गनाइजेसन नेपालबिच उसु खेलको विकास र विस्तारका लागि सहमति भएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण