पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
मिक्लाजुङ । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा टेवा पुर्याउने उद्देश्यले पाँचथरको फिदिममा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही वैशाख ८ गतेदेखि १० गतेसम्म फिदिमस्थित जिल्ला समन्वय समितिको ब्याडमिन्टन हलमा प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।
आयोजक जिल्ला खेलकुद विकास समितिले आज फिदिममा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यस प्रतियोगितातर्फ मेन्स सिङ्गल, वुमेन्स सिङ्गल, मेन्स डबल्स र मिक्स डबल्स गरी चार विधाका लागि ५८ खेलाडी सहभागी हुने समितिका सचिव दुश्यन्त बस्नेतले जानकारी दिए ।
भेट्रान्स प्रतियोगिताको हरेक विधाका विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । प्रदेश खेलकुद विकास बोर्डको संयोजन र फिदिम नगरपालिका तथा जिल्लाका अन्य स्थानीय तहहरूको समन्वयमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता सफल पार्न रु १८ लाख खर्च हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण