ला मासियाबाट निखारिएका यी १६ वर्षीय मिडफिल्डरमाथि चर्चित क्लबहरुको आँखा
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका प्रतिभाशाली युवा खेलाडी गुइल फर्नान्डेज अहिले चर्चामा छन् । उमेरले भर्खरै १६ वर्ष पुगेका यी क्षमतावान युवा मिडफिल्डरमाथि विश्वका चर्चित क्लबहरुले आँखा लगाएका छन् ।
फर्नान्डेज ला मासिया (बार्सिलोनाद्वारा सञ्चालित युवा एकेडेमी) बाटै निखारिएका खेलाडी हुन् । यी प्रतिभाशाली युवा खेलाडीलाई भित्राउने होडमा रहेका क्लबहरुको सूचीमा जर्मनीको बोरुसिया डर्टमन्ड पनि थपिएको छ ।
अर्को जर्मन क्लब बायर्न म्युनिख, इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र पोर्चुगिज क्लब एफसी पोर्टोले पनि फर्नान्डेजलाई भित्राउन बार्सिलोनासँग कुराकानी गर्दै आएका छन् । तर, बार्सिलोनाले यस विषयमा आधिकारिक रुपमा केही बताएको छैन ।
फर्नान्डेजले बार्सिलोनाको ‘बी’ टोलीबाट थुप्रै खेल खेलिसकेका छन् । केही समयपछि बार्सिलोना आफैँले उनलाई सिनियर टोलीबाट खेलाउने सम्भावना पनि छ । गत वर्षमात्र बार्सिलोनाले फर्नान्डेजसँगको सम्झौता नविकरण गरेको थियो ।
बार्सिलोनाले उनीसँगसन् २०२७ सम्मका लागि सम्झौता गरेको छ । यी प्रतिभाशाली मिडफिल्डरले स्पेनको उमेर समूहको टोलीबाट पनि विभिन्न प्रतियोगिता खेल्दै उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । उनले स्पेनको यू–१५, यू–१७ र यू–१९ टोलीबाट खेलिसकेका छन् ।
सुरुमा उनले अर्को स्पेनिस क्लब स्पान्योलको युवा एकेडेमीमा रहेर प्रशिक्षण गरेका थिए । त्यसपछि उनी सन् २०१८ मा बार्सिलोनाको युवा एकेडेमीसँग जोडिएका थिए । सन् २०२३ को अगस्तमा उनलाई बार्सिलोनाको यू–१८ टोलीमा समावेश गरिएको थियो ।
त्यतिबेला उनको उमेर केवल १५ वर्ष थियो । उनले यूईएफए युथ लिगसमेत खेलिसकेका छन् । युथ लिगका लागि उनलाई प्रशिक्षक ओस्कर लोपेजले गत सेप्टेम्बरमा टोलीमा ‘डेब्यू’ गराएका थिए । उनी युथ लिगका लागि टोलीमा ‘डेब्यू’ गर्ने बार्सिलोनाका दोस्रो सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए ।
बार्सिलोनाका लागि युथ लिग खेल्ने सबैभन्दा कम उमेरका खेलाडी भने लामिन यामल हुन् । बार्सिलोनाले सन् २०२३ को अक्टोबरमा उनलाई सिनियर टोलीका खेलाडीहरुसँगै प्रशिक्षण पनि गराएको थियो । सन् २०२४ को सेप्टेम्बरमा बार्सिलोनाले फर्नान्डेजलाई ला लिगा र यूईएफए च्याम्पियन्स लिगका लागि सिनियर टोलीमा पनि समावेश गरेको थियो ।
तर, ती प्रतियोगितामा उनलाई बेञ्चमै राखिएको थियो । बार्सिलोनाका खेलाडी टोनी फर्नान्डेज गुइल फर्नान्डेजका दाजु हुन् । टोनी र गुइलका बुवाहरु दाजु–भाई हुन् भने आमाहरु दिदी–बहिनी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश आत्मदाह प्रकरणमा बाबुराम भन्छन्– ज्वालामुखीलाई स्याउलाले छोपेर टार्न खोज्ने लज्जास्पद चरित्र उजागर
-
गणेशको आत्मदाहले दबाबमा बालेन सरकार, सत्ता पक्षकै नेताले पोखे असन्तुष्टि
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण