शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरु

शुक्रबार, ०५ वैशाख २०८२, १५ : ३५
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौँ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घको आयोजनामा आठौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबार सुरु भएको छ । 

प्रतियोगितामा दुई सय ५० पुरुष र एक सय ५० महिला खेलाडीको सहभागिता रहेको छ । 

प्रतियोगितामा सात प्रादेशिक टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको पहिलो दिन छनोट चरणको खेल सम्पन्न भयो । दोस्रो दिन शनिबार अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 

आयोजक सङ्घका अध्यक्ष अच्युत खनालका अनुसार, यो प्रतियोगिता सन् २०२५ मा दक्षिण कोरियाको इन्चोजमा आयोजना हुने एसियाली च्याम्पियनसिपको छनोट प्रतियोगिताको रूपमा समेत रहेको छ । 

प्रतियोगितामा फ्रिस्टाइल विधाअन्तर्गत वेस्ट ट्रिक र वेस्ट रन स्पर्धाका खेल हुँदै छन् । प्रतियोगिताको शीर्ष तीन स्थानमा रहने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

दुई दिने प्रतियोगिताका खेलहरू टोखास्थित स्केटर्स नेपाल स्केटपार्कमा जरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप