विवाह भइरहँदा बेहुलाले बेहुलीलाई गाली गरेपछि...

काठमाडौँ । विवाह दाम्पत्य जीवनको सुरुवात हो । विवाहका क्रममा बेहुला–बेहुलीले सुख–दुःख बाँडेर जन्मौँजन्म एक अर्कालाई साथ दिने प्रतिबद्धता जनाउँछन् ।
तर, भारतको उत्तर प्रदेश राज्यको मैनपुरीमा विवाहकै क्रममा बेहुलाले बेहुलीलाई गाली गरेपछि हङ्गामा भएको छ । बेहुलाको यस्तो हरकतपछि बेहुलीले विवाह गर्न अस्वीकार गरिन् भने बेहुला रित्तो हात फर्किनु परेको छ ।
कुसमरा चौकी क्षेत्रमा पर्ने बसन्तपुर गाउँमा उक्त घटना भएको हो । आमोद नाम गरेका बेहुला शाहजहाँपुरबाट जन्तीसहित आएका थिए ।
बेहुली पक्षले जन्तीको स्वागत–सत्कारमा कुनै कसर बाँकी राखेको थिएन । स्वयंवरको कार्यक्रम सुरु भएपछि भने माहोल बिग्रिएको हो ।
बेहुलाले बेहुलीलाई अचानक गाली गरेपछि परिस्थिति गम्भीर भएको थियो । बेहुलीले बेहुलाको व्यवहार देखेर बिहे गर्न अस्वीकार गरिन् ।
बेहुलीकी आमा गुड्डुदेवीले छोरीको निर्णय आफूहरूलाई स्वीकार्य रहेको बताइन् । घण्टौँसम्म मनाउन प्रयास गरे पनि बेहुलीले नमानेपछि बेहुला र जन्ती रित्तो हात फर्किनु परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
-
थेबेलाई दोहोर्याउने पक्षमा ओली र विद्या, युवा संघको महाधिवेशन स्थलमा नाराबाजी
-
रानीबारीमा सुन र मोबाइल चोरी
-
ललितपुरसहित देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु
-
बुहारीको हत्या गरेको अभियोगमा पक्राउ
-
झापा र इलाममा जबरजस्ती करणी, दुई जना पक्राउ